सुवाश यादब । मेरो घर शुद्धोधन गाउँपालिका, वडा नं– ७, खुनगाउँ, रुपन्देहीमा पर्छ । मेरो छोरा विश्वास यादव १५ बर्षको थियो । उ हाम्रो एक्लो छोरा थियो ।
उ संस्कार इंग्लिस बोर्डिंङ स्कुल, सियारी गाउँपालिका वडा नं. ४, शिवपुर, रुपन्देहीमा कक्षा ९ मा अध्ययनरत ी थियो ।
विश्वाश ६ ÷ ७ वर्षकै उमेरदेखि पढाईसंगै अतिरिक्त क्रियाकलापमा रुची राख्ने, विभिन्न विषयहरु बुझ्न खोज्ने, बुझेको विषयमा विचार राख्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न खाज्ने स्वभावको थियो ।
फलस्वरूप स्कुलमा विद्यार्थीहरुबाट रेडक्रसको अध्यक्षको भूमिका पनि निर्वाह गर्दै आएको थियो । मलाई भन्थ्यो ‘पापा म अध्यक्ष छु, राम्रो कार्य गर्ने कोसिस गरिरहेको छु’ मैले सधै स्याबासी र प्रोत्साहित गर्थे ।
मिती २०८० असोज २७ गते शनिवारको कुरा हो । मेरो छोराले मलाई भन्यो कि ‘ पापा, मेरो स्कुल भरिमा एक जना विद्यार्थी स्कुल क्याप्टेन हुनु पर्ने थियो । भोटिंग बाट म धेरै भोट ल्याएर स्कुल क्याप्टेन भए, मैले भने गुड बेटा, राम्रो काम गरेस । म संग धेरै कार्यक्रमहरुमा पनि सहभागी भएर सिकेका कुरा पनि प्रयोग गरेस है, छोराले भन्यो ‘हस पापा।’
त्यसको दोस्रो दिन, मिती २०८० असोज २८ गते । घटस्थापना र नवरात्र अराम्भको दिन थियो । स्कुलमा त्रमासिक परीक्षा चरिरहेको थियो ।
दिउँसो १२ बजेदेखि संचालन हुने विज्ञान विषयको परिक्षाको दिन परीक्षाको समयमा विश्वासले परीक्षामा नक्कल गर्न खल्तीबाट चिट्ठा (चिट) झिके छ । एक जना सरले त्यो चिट्ठा र उत्तर पुस्तिका खोसे छन । छोराले अब गर्दैन मलाई उत्तर पुस्तिका दिनुस सर लेख्नलाई भनि अनुरोध गरेछ । तर त्यो अनुरोध सुनुवाई पनि भएन र एक जना महिला शिक्षकले खुसि हुँदै अन्य कक्षा कोठाहरुमा पनि गई भनिन रे, कि ‘ल तिमीहरुको क्याप्टेन चिट्ठा ल्याएको थियो ।’
साथै परीक्षा सकिए पछी केही शिक्षकहरु भेला भई गालीपनि गरे छन् र पछी उ रुदै स्कुल गेट बाहिर गयो । साईकल नलिकन गए छ । गेटमा एक जना साथीलाई अनुरोध गरी आफ्नो साईकल झिके छ ।
त्यतिकैमा केही साथीहरु आएर सोधे छन । विश्वाश के भएको थियो ? हाम्रो कक्षा कोठामा पनि भन्दै थिइन, ती मिसले तिम्रो बारेमा भनेर जानकारी दिएकी थिइन ।
यति भईसके पछी विश्वास आफ्नो साईकलमा घर आयो । घरको गेटमा पस्ना साथ मम्मिलाई भन्यो ‘मम्मी म एकदम गिल्टी महसुस गर्दैछु, आज चिट्ठा लागेको थिए, सरले समात्नु भयो, सबैतिर हल्ला भयो र मेरो ठुलो बेइज्जत भयो । मम्मीले सामान्य तरिकाले भनिन् ‘ केही हुदैन छोरा, को चिट्ठा लैजन्ना र ? अब यस्तो नगर्ने है ।’
केही समय पछी विश्वास आफ्नो पढ्ने कोठामा गयो र मम्मीले खाजा खान वोलाइन । आयो खाजा खायो र फेरी आफ्नो पढ्ने कोठामा गयो । त्यसको केही समयपछि विश्वासको बहिनी ‘ममता यादव’ उक्त कोठामा आएर सोधी, दाई के भएको थियो ? बहिनीलाई विश्वासले भने छ कि , कस्तो नराम्रो भयो, मेरो बेइज्जत भयो स्कुलमा, चिट्ठा लागेको थिए अनि टिचरले बेइज्जत गर्नु भो,’ ममताले भनिछन् ‘केही हुदैन दाई , अब नलाने नी,’ । ममता त्यति भनेर आफु पढ्न गइन ।
साँझ लगभग ५ बजेर २९ मिनेट गएको हुँदा हो । म आफु खेतबाट घर आइपुगे । घरमा प्रवेश गर्न साथ बिश्वासको कोठामा गए । ढोका भित्रबाट चुक्कुल लागेको थियो ।
मैले बोलाए ‘विश्वास किन ढोका बन्द गरे छस, ढोका खोल बेटा ।’ तर ढोका खुलेन । अनि मैले अनुमान गरे पक्कै परीक्षा दिएर आएर थाकेर निदाई हाल्यो । मैले भने ‘विश्वास भोलि तेरो बर्थ डे हो यार।’
क@
म विहान त्यो बर्ड थे मनाएर मात्र अफिस जान्छु । तर, यति भन्दा पनि उस्ले ढोका खोलेन । मम्मीले पनि विश्वास, विश्वास भनि बोलाइन । तर ढोका खुलेन ।
अनि मैले झ्यालबाट हेर्दा उस्लाई झुण्डिएको आवस्थामा देखे । मैले ढोका तोडे । म र मेरो श्रीमती मिलेर उस्लाई पासोबाट झारिम । शरिर एकदम तातो थियो । श्वास चलेको छ भन्ने लाग्थ्यो । म मेरो घरको गेट भन्दा बाहिर कार निकाले र तुरुन्त हस्पिटल लगियो । तर बचाउन सकिएन । यसरी हामीले हाम्रो प्राण भन्दा प्यारो छोरा विश्वासलाई गुमायौ ।
त्यहि दिन राति लगभग ११ बजे इलाका प्रहरी कार्यालय, छापियबाट प्रहरी टोली आयो । उनीहरुले खानतलासी गर्दा दुई पेज लेखिएको सुसाइट नोट भेटाए । जुन नोटमा लेखिएका केही विषयहरु यस प्रकारको थिए ।
‘पापा, मम्मी, हजुर बुवा, ठुलो पाप, ठुली मम्मी, काका, काकी, फूपु, दिदी, बहिनी, भाई लगायत परिवारका सबै सदस्यहरुलाई सम्बोधन गरेर लेखिएको थियो । सबै जनाले मलाई हुर्काउनु भयो । यति माया दिनु भयो । मेरो पालन पोषण गर्नु भयो । त्यसको लागि धन्यावाद र तपाईहरुले सोचे जस्तो गर्न सकिन । मलाई माफ गर्नुहोला ।’ जस्ता मनको भावना उल्लेख गरी सबै संगको माया, प्रेम दर्शाएको थियो । म भने छोडेर जादैछु भनि क्षमा मागेको थियो ।
उस्ले उल्लेख गरेको थियो कि ‘मेरो विद्यालयमा भेदभाव छ । म र मेरो अन्य साथीहरुले धेरै पटक यो विभेद भोगेका छौं ।’
विश्वासले ३ ÷ ४ जना सर र मेडम अनि मिसहरुको नाम उल्लेख गरी लेखेको थियो ।
‘मेरो साथमा जे गर्नु भयो त्यो कुरा अरु कोही विद्यार्थी साथीहरुले भोग्न नपरोस भनि कामना गर्दछु । उहाँहरुले जे गर्नु भयो मेरो साथमा ठिकै छ, उहाँहरुको भविश्य राम्रो होस म त छोडेर जाँदैछु संसार ।’
अन्त्यतिर बिश्वासले लेखेको थियो । ‘मरो घरपरिवार राम्रो संग बस्नु र मेरो टम्मी , टम कुकुरलाई राम्रोसंग हेरचाह गर्नु, समयमा खाना दिनुहोला ।’ जुन कुकुर ४ वर्ष पहिला मैले मेरो छोराको बर्थ डे गिफ्ट दिएको थिए ।
छोराको यति सुसाइड नोट परेपछि म मेरो आफ्नो व्यक्तिगत विचार राख्न चाहान्छु ।मेरो छोरा विश्वास संसार छोडेर गयो अब फर्केर आउने छैन । तर संसार छोडन बाध्य बनाउने अवस्थाको सिर्जना गर्ने कार्य स्कुलबाट भएको छ ।
हामी हाम्रा बालबालिकाहरुलाई उच्चा प्राथमिकताका साथ घरमा बाल मैत्री वातारणमा पालनपोषण गर्दै आएका हुन्र्छौं र छौं ।
विश्वासको पढाई, व्यवहारिक ज्ञान, नेतृत्व क्षमता हाम्रो लागि अति खुसिको विषय थियो । मैले मेरो छोरालाई आफ्ना विभिन्न परियोजना विभिन्न कार्यक्रममा लैजाने, सिक्ने अवसर प्रदान गर्दै आएको थिए । ती सबै सिक्दै उ यो अवस्थामा आइपुगेको थियो ।
धेरैले मेरो छोराको विचार, नेतृत्व र व्यवहारलाई प्रशंसा गर्दथे । तर स्कुलको कमिकमजोरीले मेरो प्राण प्यारो छोरा गुमाएको छु । आखिर यो अवस्था कहिले सम्म ?
पहिलो कुरा मेरो छोराले चिट्ठा लग्यो समाते, उत्तरपुस्तिका खोसे तर कक्षा – कक्षामा किन प्रचार – प्रसार गरे ? के नियतले उस्का बिरुद्ध शिक्षक शिक्षिकाले त्यसो गरे ? किन उसको भावना सँग खेले ?
३ ÷ ४ जना शिक्षकले फेरी छुट्टै बोलाई गालि गरे किन? सम्झाउनु पथ्र्यौ , किन त्यसो गरेनन् ? यो सबै गरेपछि कम्तिमा विश्वासलाई परामर्श गरेर पठाउन पथ्र्यौ , किन गरेनन ?
यो विषय अभिभावकलाई जानकारी गर्ने दायित्व स्कुलको हो कि होइन ? किन जानकारी दिएनन् ? सुसाइट नोटमा उल्लेख भएका केही शिक्षकहरु, पुरुष र महिला उक्त घटना पछी संचालन भएको परीक्षाको दिन स्कुल आएनन् । भागेका छन भनि विद्यार्थीहरुबाट जानकारी प्राप्त भएको थियो, किन त्यसो गरे ?
दाहसंस्कार गर्न जाँदा मलामी पनि कोही शिक्षक आएनन् । जब कि प्राय सबै शिक्षक छिमेकी गाउँ कै छन । किन यसो गरे ? दाहसंस्कार गरेको २१ दिन बितिसक्दा स्कुलबाट कोही शिक्षक हामे घर आएनन् । यसो किन?हाम्रा जीवनमा यत्तो ठूलो घटना घट्यो, स्कुलको जिम्मेवारी के, केहीपनि होइन ?
म संग यस्ता थुप्रै प्रश्नहरु छन् । जस्को चित्तबुझ्दो जबाफ पाएको छैन । उक्त घटनाको दिन हजारौं मानिस आक्रोशित भई स्कुल जलाउने, तोडफोड गर्ने भन्दै गर्दा, त्यो पीडामा पनि हामी संम्मेमता अपनाई सबैलाई त्यासे नगर्न अनुरोध गरेका थिइम ।
कि, त्यो समस्याको समाधान र न्याय होइन भनेर ।
थाहाँ छ मलाई अब मेरो छोरा कहिलै फर्केर आउदैन । तर, के हो भने यहाँ कुरा गल्ती को बाट भयो भन्ने हो । न्याय को कुरा हो । स्कुलले गरेको गल्ति स्कूल प्रशासनले महसुस गर्नु पर्दैन ? अब आउने दिनमा यस्तो घटना नहुन दिन यो विद्यालयलाई कानूनी र सामाजिक रुपमा सचेत गराउनु पर्छ भन्ने मलाई लाग्छ ।
हाम्रै गाउँ घरका अन्य बालबालिका त्यहाँ अध्ययन गर्दैछन् । र फेरि यस्तो घटना नहोला भन्न सकिदैन भनेर आजपनि समाजले प्रश्न गर्दैछ । जस्ले एक खाले प्रतिसोधको पक्रियाको तयार गर्दै छ ।
तसर्थ बालबालिकाको मनोविज्ञानलाई नबुझ्दा, स्कुलले आफ्नो मनमानी गर्दा त्यसको पीडा हाम्रा बालबालिका र अभिभावकले कहिले सम्म भोग्नु पर्ने हो ?
सुवाश यादब लुम्बिनी प्रदेश सरकार समन्वय र बिकास साझेदारी कार्यक्रम अन्तरगत मुख्यमन्त्री कार्यालयमा कार्यरत छन् । यो लेखकको निजी बिचार हो ।