२०८१ मङ्सिर १७ गते सोमवार

काठमाण्डौं डायरी ः रापिलो एयरपोर्टमा ओइलिएका अनुहारहरु….

काठमाण्डौ, भदौ ६। भदौको सुरुवाातमा पनि कडा खडेरीले रापिएकोकाठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचेल उत्साह देखिंदैन । आउनेहरुको स्वागत भन्दा विदाइ गर्नेहरुको वाहुल्यता छाएको विमानस्थल देख्दा एउटा मुर्दाघाटमा मलामीको उपस्थीतिजस्तै देखिन्थ्यो ।

नेपाली कांग्रेसले राजधानीको सानेपामा आयोजना गरेको जनप्रतिनिधिहरुलाइ स्वागत तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेलको समापन मन्तव्य सुनेर हामी त्यहां पुगेका थियौं, सायद कसैलाइ विदाइ गर्न ।

रामचन्द्र पौडेलले भनेका थिए, गाउहरु किन रित्तिदै छन्? खोइ गाउमा युवा शक्ति? हामीले गाउहरु रित्तिन नदिनकालागी पुर्वाधारको कमिले होकि भनेर पछिल्लो दशक त्यसैलाइ केन्द्रित गर्यौ । विद्युत, पु¥यायौं, सडकसंग जोड्यौं, अस्पताल खोल्यौं, स्कुलका स्तरबृद्धि गर्यौ, तर पनि युवाहरु किन हरेक दिन विदेशिइरहेका छन? वरीष्ठ नेता रामचन्द्रको यो गम्भीर प्रश्न थियो, भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचमा विजयी भएका जनप्रतिनिधिहरुलाइ ।

तर जनप्रतिनिधिहरुसंग यसको पेचिलो उत्तर थिएन, त्यसैले त जनप्रतिनिधिकै आफन्तलाइ विदाइ गर्न हामी एयरपोर्ट पुगेका थियौ । हो पछिल्लो दुइ दशक एयरपोर्ट स्वागत भन्दा विदाइ स्थल बन्दै आएको छ । एयरपोर्टमा उत्साह छैन, निराशा छ । वैदेशिक रोजगारीको बाध्यता बनेको छ, एयरपोर्ट । क्रिम युवाहरुको अध्ययनको गन्तव्यको सहारा बनेको छ एयरपोर्ट ।

एयरपोर्टमा आफ्ना कलिला सन्तानलाइ समुद्रपार विदाइ गर्दा कुन अभिभावकका आखा रसाउंदैनन् होला? हामी पनि रसिला आंखामा उभियौं एक घण्टा जति एयरपोर्टमा ।

दैनिक हजारौं क्रिम जनशक्ति विदेश पलायन भैरहेका छन् । हजारौंलाइ विदाइ गर्दा लाखौं आमा बुवाहरु रोइरहेका छन् एयरपोर्टमा । सांझमा झलमल एयरपोर्ट हुंदा विदाइ गर्ने आफन्तका आंखामा आंशु टल्केको देखिन्थ्यो । ती अभिभावकहरुका हुलमा सामान्य अभिभावकहरु मात्र छैनन् ।

मन्त्रीका परीवार एयरपोर्टमा, नेताका परीवार एयरपोर्टमा, सचिवका परीवार एयरपोर्टमा, अर्थात मुलुकमै औद्योगिक क्रान्ति गर्नुपर्छ भनेर उद्योग वाणिज्य संघको नेतृत्वमा पुगेकाहरु पनि आफ्ना सन्तानलाइ दिाइ गर्न एयरपोर्टमा ।

एयरयोर्ट रोजाइ होकि बाध्यता? यो प्रश्न सोधिरहंदा आफ्नो सन्तानलाइ क्यानाडा पठाउन एयरपोर्ट पुगेका एक जना अभिभावक भक्कानो छाडेर रोए । अलिवेरपछि मात्र उनको स्वर आयो, यहां बसेर कसरी भविस्यको चुनौति थेग्न सक्लान हाम्रा सन्तानले । हामीले त व्यहोर्यौ, वेथिती, तर हाम्रा सन्तानहरुले अस्तव्यस्तता र वेथितिको शिकार भएर यहां बस्न चाहेनन् । रोजे एयरपोर्ट विदेशिनकालागी ।

शिक्षा भएर के गर्नु सिस्टम छैन । सर्टिफिकेट भएर के गर्नु गुणस्तर छैन, सडक भएर के गर्नु गतिलो गाडि छैन, अस्पताल खोलेर के गर्नु विरामीलाइ जांच्ने चिकित्सक छैन । स्कुल खोलेर शिक्षक छैन । अतिरिक्त रकम नदिए सरकारी तलवमा चित्त बुझाएर काम गर्दैनन् कर्मचारीहरु । बत्ति जोडेर के गर्नु सि परीक्षाभरी साझमा लाइन गयो । एक घर एक धारा, तर धारामा पानी आउंदैन । मुख्य बजारको सडक किनारामा पिसाव फेर्नेहरुकालागी कानुनी कारवाहि छैन ।

ठेकेदारले बनाएको सडक हस्तान्तरण नहुंदै भत्कन थाल्छ, कसैलाइ मतलव छैन । ठेकेदारहरुले चलाएको मुलुक……। ती अभिभावक एकोहोरो बोलिरहे । सुन्न असहज सव्दहरु, तर सवै यथार्थ थिए ।

हो, रामचन्द्र पौडेलले भनेका थिए, बैदेशिक रोजगारीमा जानेहरुलाइ गाउमै रोजगारी दिन कृषि उद्योग स्थानिय पालिकाले सन्चालन गरौं । त्यो कसरी सम्भव होला? मैले मनमनै सोधिरहें, रामचन्द्रलाइ । किनकि भदौको २ गते यतिलामो खडेरी । वल्लतल्ल रोपेका धानका गराहरु चिराचिरा भएका छन् ।

इजरायल पछि जलश्रोतको विश्वकै दोस्रो धनी देश नेपाल हो, मैले सामान्य ज्ञानको एउटा पुस्तकमा पढेको थिएं । तर त्यो श्रोतको यहां उपयोग हुन सकेको छैन । सदुपयोग हुन सकेको भए, दंगिशरणका टोपाराम चौधरीका खेतका गरा यसरी चिराचिरा परेर भदौमै धान सुक्ने थिएनन् ।

खनिएका डिपवोरीङलाइ चलाउन विद्युत प्राधिकरणले तीन फेजको लाइन दिन कम्तिमा पनि एक बर्ष लगाउंछ । किसानलाइ सरकारले मल दिन सकेको छैन । धान रोप्ने वेला चाहिने मल काट्ने वेला मात्र उपलव्ध हुन्छ । किसानहरु व्ल्याकमा मल किन्न बाध्य छन् । जसोतसो मल राखे, सिंचाइ सुविधा छैन । कसरी रामचन्द्रले भनेजसरी कृषि उद्योग सम्भव होला?

तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक बर्षको बजेट हेरें । बजेटको ठुलो हिस्सा चालु खर्चमै । अरु पालिकाहरुको पनि मोटामोटि त्यस्तै हो । एनजिओका कार्यक्रम कहां छन? गोष्ठि र सेमीनारमा मात्रै । दात्रिनिकायका बजेटमा पनि त्यस्तै मनोमानी खर्च । करप्शन मात्र रोक्न सकेपनि विकाश निर्माण गुणस्तरीय हुन सक्थ्यो । सवथोकमा वेथिति मात्र भएपछि कसरी टिकाउने क्रिम जनशक्तिलाइ? सोहि विमानस्थलमा एक जना व्यापारीले मुख खोले ।

मुलुक यति धेरै खाडलमा फसीरहंदा ठुला राजनितिक दलहरुका महाधिवेशनमा अरबौं रुपैया अनावस्यक रुपमा खर्च भए, विलाशिताका नाममा । स्थानिय तहका चुनावमा पनि त्यसरीनै पैसा खर्चिए ती ठुला राजनितिक दलहरुले । टिकट किन्नुपर्छ माथिल्लो समितिबाट । प्रचार प्रसारमा भिन्नै खर्च व्यवस्थापन, त्यसपछि विजयी बने भोजभतेरमा अनावस्यक खर्च । एउटा उपमहानगरपालिकाको वडाध्यक्षको चुनाव खर्च मोटामोटि आउछ, ५५ लाख । उसले राज्यबाट पाउने पाच बर्षको अवधि भरको सेवाले एक लाख पनि पुग्दैन ।

अहिले सम्मको परीवेश हेर्दा वाह्र कक्षा सम्म मात्रै नेपालमा पढाउने हो, आफ्ना वालवच्चालाइ । त्यसपछि सुरु हुन्छ, विदेशका युनिभर्सिटि सर्च….। बुवा मैले फलानो मुलुकको पलानो युनिभर्सिटिमा एप्लाइ गरें, नाम निस्केको छ । सवै प्रोशेस मिलाउंदा ३५ लाख । तीन बर्ष पढाइ पुरा गरे भने एक बर्षमै यो खर्च मेकप हुन्छ ।

यसरी कन्भिन्स गर्छन छोराछोरीले बुवाआमालाइ? विवश छन् अभिभावकहरु । अव कुनै दिन यस्तो पनि हुने छ, ग्रामिण बस्तीहरु वाल आश्रम र बृद्धाश्रमका रुपमा परीणत हुने छन् । सिंगै गाउ युवा विहिन हुने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यो परीदृश्यले यहि बताइरहेको छ । बृद्धबृद्धाहरुको देश नेपाल…..।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *