अर्जुन गिरी,
तुलसीपुर, वैशाख १४ । कोरोनाको महामारीले अन्य देशहरु आक्रान्त बने जस्तै यहाँ पनि विभिन्न क्षेत्रहरु प्रभावित बन्न पुगेका छन् । सिमित श्रोत र साधनका वीच यहाँका स्वास्थ्यकर्मी र शुरक्षाकर्मीहरुले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको छ । तर यीवाहेक कोरोना विरुद्धको मैदानी लडाईमा कतिपयले पुर्याइरहेको योगदान तारिफ योग्य वन्न पुगेको छ । राज्यले लकडाउनलाई उचिततवरले व्यवस्थापन गर्न नसक्दा अस्तव्यस्त भएको जनजीवनलाई स्थानीय तवरमा व्यवस्थित गर्ने प्रयत्न भइरहेको छ । अनि यो अवस्थाका सहयोगीहरुले अप्ठ्यारोमा परेका यात्रुहरुलाई मानवीय सेवा गरिरहेका छन् । तीमध्येका केहि पात्रहरु र उनले निश्वार्थ पुर्याइरहेको योगदानका बारेमा संक्षिप्त चर्चा यहाँ गरिएको छ ।
बिरेन्द्र कुमार शाह
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को वडा अध्यक्ष हुन् उनी तर अध्यक्षको हैसिएतमा भन्दा पनि उनको आफ्नै शैली छ, जुन शैलीलाई उनीवर्षै पहिलेदेखि निरन्तरता दिइरहेको छन्, त्यो हो, अप्ठ्यारोमा सहयोगि बन्ने । लकडाउन अवधिभर निरन्तर पैदल यात्रुलाई निःशुल्क खाना खुवाउनु र सडक चौपायालाई घाँसपानी र आहारा बाड्दै हिड्नु, शाहको दैनिकी हो ।
![](https://farakkon.com/wp-content/uploads/2020/04/birendra-shah.jpg)
बिरेन्द्र कुमार शाह
निरन्तर विहान ७ वजेदेखि वेलुका ९ वजे सम्म कहिले त उस्तै परे राती ११ नै बज्छ, शाह भन्छन् सडकमा रहेका कुकुर र छाडा चौपायाको वडो टिठ लाग्छ, मान्छे संकटमा पर्दा त सहयोग गर्नुपर्छ भन्ने भावना सवैमा हुन्छ , तर चौपायालाई कसले सोच्ने ? यीपनि त जीब हुन्, तुलसीपुरको वाहिनी चौकमा कुकुरलाई आहारा बाड्दै गरेका विरेन्द्रले भने तीनसय बढि पशु चौपाया र कुकुरलाई दिनहु जसो हेरिरहेको छु ।
अनि वाटोमा भेटिने पैदल बटुवालाई सहयोग गर्नु त छदै छ । न भोक, न त घर परिवार, नत साथीभाई, अहिले विरेन्द्रशाहको ध्याउन्न दुःख पाएका पैदल यात्रु, छाडा पशुचौपाया र कुकुरहरुको सेवा गर्नु मै छ । विकराल परिस्थितीमा मान्छे मात्र होइन पशुचौपाया पनि संकटमा छन् र यीनको हेरविचार पनि महत्वपूर्ण हो भनेर सन्देस प्रवाह गरिरहेका शाहको यो प्रयास वास्तवमै यो भेगका लागि प्रसंसनीय मानिएको छ ।
रत्नप्रसाद श्रेष्ठ
झिसमिसे अँध्यारो होस् वामध्यरात र दिउँसोको चर्को घाम । देउखुरीको लमही बजारमा देखिने एउटा सामाजिक अभियन्ता हुन्, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ । पछिल्लो समयमा विश्वव्यापी महामारी सँगै मुलुकमा भएको लकडाउनको समयमा उनी बढी चर्चामा आएका छन् । हप्तौँ भोको पेट पैदल हिँडेर पनि गन्तव्य पुग्ननसकेका आवाजहीनहरुलाई गन्तव्यसम्म पु¥याउनका लागि उनको अभियान सुरु भयो ।
![](https://farakkon.com/wp-content/uploads/2020/04/ratna-prasad-shrestha.jpg)
रत्नप्रसाद श्रेष्ठ
लकडाउनमा सरकारले अपनाएको नीति भन्दाभिन्न शैलीमा अडान सहित अभियानमा जोडिए, श्रेष्ठ । अनि आफै सवारी साधनहरुको जोहो गर्दै सडकमा भोकभोकै चैत÷बैशाखको चर्को धुप छिचोल्दै पैदल यात्रामा गन्तव्य पहिल्याउन खोज्नेहरुलाई सवारी साधनको व्यवस्थापनमा लागे ।
पूर्वपश्चिम राजमार्गको मध्यविन्दुमा रहेको लमहीबजारमा पूर्वको मेचीबाट आउने पैदलयात्रुहरु हुन् वापश्चिम महाकालीबाट पूर्व पछ्याउने नागरिक सबैलाई सवारी व्यवस्थापन गरी गन्तव्यमा पु¥याउने अभियानमा । त्यसमाउनले आफ्नै निजी साधनप्रयोग गरे । ट्रकमा पनि पठाए, आवश्यक परेकोबेला स्कार्पियोमा पनि पठाए, अनि कहिलेकाहीं विचल्लीमा परेका यात्रुहरुलाई खानापिनको समेत जोहो गरे ।
सरकारले त्यति वास्ता नगरेको अवस्थामा तपाई किन यस्तो धपेडिमा काम गरिरहेनु भएको भन्ने प्रश्नमाउनले भने काखे नानीच्यापेका महिलाहरुदेखि दुधेवालक सम्मका, खुट्टा सुन्निएकी महिलाको लस्करले मन थाम्न सकेन र यो अभियानमा लागे । काखमा दुई महिनाको बच्चाबोकेर पैदल पश्चिमबर्दिया जानको लागि हिडेकी, तीनदिनदेखि खानाखान नपाएकाले बच्चाका लागि दूधपनि नआएको दर्दलाई म कसरी मुकदर्शक मात्रै वनु ?उनले दर्दनाख फेहरिस्त सुनाए ।
घनश्याम पाण्डे
अहिलेको उनको परिचय तुलसीपुर उपमहानगरपालिकाको मेयर, तर यत्तिले मात्रै उनलाई चिनाउदाउनको परिचय अपुग हुन जाला । अर्थात सामुदायिक बन क्षेत्र र खासगरि वातावरण क्षेत्रमा उनले विगत तिन दशक सम्म पुर्याएको योगदान राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमै पनि मनन योग्य छ । उसैत तुलसीपुरमा मेयर पाण्डे, सवैको साझा व्यक्तिकै रुपमा अघि वढिरहेका छन् । के काँग्रेस, के राप्रपा, के राष्ट्यि जनमोर्चा सवै राजनीतिकदलका सुझावलाई ख्याल गर्छन् , उनी । विकास निर्माणको कार्यमा पनि सवैको सुझावअनुसार काम गर्छन् ।
![](https://farakkon.com/wp-content/uploads/2020/04/ghanashyam-pande-scaled.jpg)
घनश्याम पाण्डे
सञ्चारप्रति त झन् विषेश चासो र चिन्ता छ उनको, सञ्चारका लागि विभिन्न योजना उनको प्राथमिकताकै विषयहो । र त मेयर पाण्डे, यस भेगमा उच्च छविका साथआफ्नो कार्यमा तल्लीन छन् ।अलपत्र यात्रुलाई गन्तव्य सम्म पुर्याउने काममा एकाविहानै देखि राती १२ वजे सम्म फिल्डमै खट्छन् उनी, अहिलेको यो समयमा यस्तो खटाई अन्य जनप्रतिनीधिमा पाउन गाह्रो छ ।
लकडाउनको यो विकराल अवस्थालाई छिचोल्छै विभिन्न जिल्लावाट दुखकष्ट गरेर तुलसीपुर बजारसम्म आइपुगेका यात्रुलाई उनीहरुको गन्तव्य स्थान सल्यान, रुकुम र सुर्खेतसम्म जानका लागि व्यवस्था गर्नु मेयर पाण्डेको दैनिकीहो । यात्रुलाई मानवीय अन्य सेवाका साथै गन्तव्यमा पुर्याउनका लागिमेयर पाण्डेले देखाएको सक्रियता, साच्चीकै यस भेगमा तारिफ गर्न योग्य छ ।
विमल रिजाल
पहिचानका हिसावले तुलसीपुर उद्योग वाणीज्य संघका पूर्व अध्यक्ष हुन् विमल रिजाल । तर तुलसीपुर क्षेत्रमा रिजाल परिवारको आफ्नै पुस्तौनी शाख पनि छ । जसलाई आज पर्यन्त विमलले निरन्तरता दिइरहेका छन् । वाणीज्य संघका अलावा, उनको अर्को परिचय पनि थपिएको छ, तुलसीपुरवजार क्षेत्रको सरसफाई अभियन्ताका रुपमा ।
![](https://farakkon.com/wp-content/uploads/2020/02/bimal-rijal.jpg)
विमल रिजाल
उनले साप्ताहिक रुपमा सञ्चालनगर्दै आइरहेको साप्ताहिक सरसफाई श्रंखलाले८५ औं श्रृंखलापार गरिसकेको छ । तुलसीपुरलाई स्वच्छ, सफा र हराभरा बनाउनु पर्छ भन्ने मान्यताका साथ बढेको विमलको सक्रियताले उनलाई सरसफाई अभियन्ताका रुपमा स्थापित गरिसकेको छ ।
तर पछिल्लो लकडाउनको अवस्थामा उनको अगुवाईमा शुरु भएको अलपत्र यात्रुलाई खाना आवास र गन्तव्यमा पुग्नलाई यातायातको व्यवस्था सम्वन्धि मानवीय सेवाले उनको चार्चा यस भेगमा व्यापक छ । अहिले सम्मको तथ्यांक अनुसार झण्डै १८ सय बढि यात्रुलाई निशुल्क खाना आवास र गन्तव्यमा पुर्याउने काम विमलकै पहलमार उद्योग वाणीज्य संघको समन्वयमा भइरहेको छ । जुनकामको अहिले यसभेगमा प्रसंसा व्यापक छ ।
सुरेश हमाल
यातायात व्यवसायिका रुपमा आफ्नो पहिचान वनाएका सुरेश हमाल, हक्की, निडर र केहि गरौं भन्ने स्वाभावका यूवा हुन् । यातायात व्यवसायि महासंघमा उप महासचिव भएर आफ्नो अनुभव वटुलेका उनले विपत्तिका वेला यातायात क्षेत्रमा एक उद्धारकर्ताको छवि पनि बनाएका छन् ।
![](https://farakkon.com/wp-content/uploads/2018/11/suresh-hamal.jpg)
सुरेश हमाल
चाहे त्यो वाढि पहिरोका वेला होस् वा अन्य विपत्तिका वेला सुरेश हमालको सक्रियता स्वभाविक रुपमा बढिहाल्छ ।
संकटका वेला यातायात सेवाको खाँचो आवश्यक पर्योभने सवैले सम्झने एउटै मात्र नाम भनेकै सुरेश हमाल हो । उसोत यूवा पीढि माझ लोक प्रिय उनी, भोक, प्यास, निद्रा नभनेर दिनरात यात्रुको सेवामा खटिरहेका छन् ।
लकडाउनमा पुर्ववाट दाङसम्म आइपुगेका यात्रुलाई यातायातका साधनको व्यवस्था गरि गन्तव्य सम्म पुर्याउने दायित्व हमालकै काँधमा छ । उनको यो जिम्मेवारीले यो भेगमा लकडाउन हिरोका रुपमा उनलाई स्थापित गरिदिएको छ ।
लोकमान वुढाथोकी ÷ रमेश पाण्डे
सल्यानको वागचौर नगरपालिकाका मेयर हुन्, लोकमान वुढाथोकि । हक्की र निडर स्वाभावका वुढाथोकि केहि काम नयाँ गर्नु पर्छ भन्ने सोच राख्नेमै पर्छन् । तर यसपटक लकडाउनमा उनले देखिएको सक्रियताले मानविय सेवामा समर्पित हुन सक्ने खुवीलाई प्रमाणीत गरिदिएको छ । काठमाण्डौं या पुर्ववाट दाङहुदै आएका यात्रुलाई गन्तव्यमा पुर्याउनका लागि अहोरात्र खट्नु उनको अहिलेको दैनिकी हो ।
भन्छन्, किहिले त राती १२ वजे पनि फोन आउछ, र गन्तव्यमा जानलाई देखिएका अवरोधहरु हटाउन तीर लागिन्छ । असहज अवस्थामा त झन् जनप्रतिनीधिको दायित्व बढि रहने हुदा आफू यस्तो सेवामा समर्पित भएको बुढाथोकिको भनाई छ ।
![](https://farakkon.com/wp-content/uploads/2020/04/ramesh-pande-e1587915614852.jpg)
रमेश पाण्डे
राहतमा कुहिएको चामल वाँडेर जनप्रतिनीधिहरु बदनाम् भैरहेको वेला यता घोराही उपमहानगरपालिका वार्ड नं. १६ का अध्यक्ष रमेश पाण्डेको सक्रियता पनि बढेको छ ।
दिन रात नभनी मानवीय सेवामा खटिरहेका पाण्डेको सक्रियताले उनलाई लकडाउनको हिरोका रुपमा स्थापित गरिदिएको मात्र छैन, जनप्रतिनीधिहरुले मानवीय सेवामाआफुलाई समर्पित पनि गरिरहेका छन् भन्ने शन्देस प्रवाहपनि गरिरहेको छ ।
गोविन्द रिजाल
दाङका प्रमूख जिल्ला अधिकारी हुन्, गोविन्द रिजाल । जनताका पीरमर्का र अप्ठ्यारोमा सहयोगि बन्नु उनको जिम्मेवारी नै हो ।किनकी उनी नेपाल सरकारको कर्मचारी हुन् । तर वर्तमानअवस्थामा स्थानीय अधिकारीले सर्वसाधारणका समस्यालाई नजर अन्दाज गर्न नसकेको आरोप लागिरहदा, दाङका सिडिओे त्यो आरोपवाट भने मुक्त छन् ।
![](https://farakkon.com/wp-content/uploads/2020/02/govinda-rijal-scaled.jpg)
गोविन्द रिजाल
छिमेकि जिल्ला बाँकेका सिडिओले केहि दिन अघि मात्र गोरखावाट पठाइएका दुधे वालक सहितमहिला समेतका श्रमिकलाई आफ्नो गन्तव्य स्थान बर्दिया जान नदिइपुनःगोरखानै फिर्ता गरिदिएपछि र भारतवाट फर्किएका डेढसय नेपालीलाई दशगजा क्षेत्रमा उचित व्यवस्थापन गर्न नसकेपछि अनि बाँके बासिका अठ्यारो प्रति जिम्मेवार नभएको भन्दै बाँके सिडिओको अहिले जिल्लास्तरमा व्यापकआलोचना हुनथालेको छ, यसवाहेक अन्य जिल्लामा समेत स्थानीय प्रशासनले सर्वसाधारणका अप्ठ्यारोहरु प्रति जिम्मेवार भूमिका खेल्न नसकेको गुनासो आम रुपमा रहेको पाइन्छ ।
तर दाङमा सर्वसाधारणका अप्ठ्यारालाई सहजरुपमा पन्छाउदै र सवैसंग समन्वय गरिअघि बढ्नु दाङका सिडिओको विषेशता बनेको छ भने जिल्लामा लकडाउनका वेला इटाभट्टाका मजदुरहरुको आन्दोलनलाई क्षणभरमै व्यवस्थित गर्नु, विभिन्न स्थानवाट दाङसम्म आइपुगेका पैदल यात्रुलाई उनीहरुको गन्तव्य सम्म पुग्नलाई उचित व्यवस्था गर्नु सिडिओ रिजालको अहिलेको दैनिकी हो । मानवीय सेवामा सिडिओको यो सक्रियतालाई स्थानीयले तारिफ गर्न थालेका छन् ।
![](https://farakkon.com/wp-content/uploads/2020/04/biru-rawat.jpg)
विरू रावत
बिरबहादुर रावत÷ विनिल केसी
रोटरी क्लब अफ तुलसीपुर सिटीका उपाध्यक्षविनिल केसी, तुलसीपुरका युवा उद्यमी हुन् । उनको पुख्र्यौली व्यवसाय वेकरी हो । हाल उद्योग वाणीज्य संघको सचिवका रुपमा समेत कार्य गरिरहेका विनिल, लकडाउनको अहिलेको अवस्थामा अलपत्र यात्रुहरुलाई आफै मेसमा वसेर खाना खुवाउने सेवामा समर्पित छन् ।
उनको व्यवस्थापनामा १८ सय भन्दा वढिलाई खाना, आवास र गन्तव्य सम्म पुर्याउने कार्य भएको छ ।
खाना र आवास सेवाका लागि सामाजिक अभियन्ता विमल रिजालको पर्दा पछाडिको हिरोका रुपमा र यातायात क्षेत्रमा सुरेश हमाललाई व्याकफोर्समा सघाइरहदा विनिललाई आत्म सन्तोष मिल्छ । भन्छन् , यो दर्दनाक अवस्यामा राज्यले वेवास्ता गर्नुको रहस्य बुझ्नै सकिदैन ।
गर्भवति महिला, दुधे वालकहरुलाई थकित थकित मुद्रामा लखतरान भएर तुलसीपुर ओर्लिएको देख्दा विनिलको मन खिन्नहुने गर्छ । भन्छन्, यो दर्दनाक दृष्यले कैयौ पटक मन कुडिएको छ ।
![](https://farakkon.com/wp-content/uploads/2019/07/binil-kc.jpg)
बिनिल केसी
तुलसीपुर उद्योग वाणीज्य संघका अध्यक्षबीरवहादुर रावतको धपेडि पनिअचेल अलि बढेको छ । दिनहुजसो अचेल यात्रुलाई खानाका लागि खाद्यान्नको जोहो कसरी गर्ने र आवासका लागि कहाँ कसरी व्यवस्थित गर्ने भन्ने चिन्ताअध्यक्ष रावतलाई हुन्छ ।