दाङ, असार ४ ।
सुर्खेतमा पौडी खेल्ने क्रममा एक जना युवकको डुबेर मृत्यु भएको छ ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका – ११ झुप्राखोलाको सुब्बाकुनाका २० बर्षीय मनोज बाडा मगरको झुप्राखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए ।
बुधबार बेलुकी पख गर्मी छल्न खोलामा नुहाउन गएका उनी डुबेपछि उद्धार गरि उपचारका लागि अस्पताल पुर्याइएको थियो । कर्णाली प्रदेश अस्पताल कालागाँउ पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटना बारे राति ९ बजे मात्रै थाहाँ पाएको थियो । प्रहरीका अनुसार अचेत अवस्थाका मगरलाई पौने १२ बजेतिर अस्पताल पुर्याइएको थियो ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असार ४ गते बिहिवार
