दाङ, बैशाख २३ ।
कपिलबस्तु कारागारबाट जेनजी आन्दोलनको फाइदा उठाउँदै भागेका एक जना कैदी बन्दीलाई पुनः पक्राउ परेका छन् ।
जिल्लाको यशोधारा गाउँपालिका – २ का ५२ बर्षीय बरसाति मुसलमान पक्राउ परेका हुन ।
जिल्लाका प्रहरी निरीक्षक देबेन्द्रराज जोशीका अनुसार ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा २०८१ /१२/१८ गते जिल्ला अदालतले मुसलमानलाई १ बर्ष कैद र १० हजार जरिवाना तोकेको थियो ।
मुसलमान मंगलबार यशोधारा गाउँपालिका – २ बाट पक्राउ परेका थिए ।
उनी जेनजी आन्दोलन पछिको असहज परिस्थितिको फाइदा उठाउँदै भदौ २५ गते कारागार कार्यालयबाट भागेका थिए ।
पक्राउ पछि पुनः उनलाई बाँकी सजाय भुक्तान गर्नका लागि कारगारमा बुझाइएको प्रहरीले जानकारी दिए ।
प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार