२०८३ बैशाख २३ गते बुधवार

खजुराका २२ बर्षीय बिशाल चन्दको हत्या

दाङ, बैशाख २३ ।
बाँकेको खजुरामा एक युवकको हत्या भएको छ ।
जिल्लाको खजुरा गाउँपालिका – ६ का २२ बर्षीय बिशाल चन्दको हत्या भएको हो ।
मंगलबार बिहान ६ बजेतिर उनको हत्या भएको थियो ।
उनी गाउँ घरमै साथी भाइको बर्तबन्धमा गएका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीका अनुसार साथी भाइ बीच बिबाद उत्पन्न भएपछि उनीमाथि बियरका बोत्तल लगाएतले टाउकोमा आक्रमण भएको थियो ।

आपसी बिबादका क्रममा त्यही रहेका एक जनाले बाहिरबाट थप केटाहरु बोलाएर चन्दमाथि बियरका बोक्तल लगाएका बस्तुले टाउकोमा आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको डिएसपी पातलीले बताए । गम्भीर अवस्थाका चन्दलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटना अनुसन्धानका लागि एक दर्जन बढी युवालाई नियन्त्रणमा लिएको छ । ती मध्य केहीलाई छोडिएको भएपनि अझैं केही प्रहरी नियन्त्रणमै रहेका छन् ।
चन्द हत्या बारे थप अनुसन्धा हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *