बुटवल, साउन ७ । पहिरोबाट गुल्मीमा ६ जनाको मृत्युु भएको छ । ५ जना वेपत्ता भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव फेला परेको स्थानीय ठगप्रसाद ज्ञवालीले बताए।
पहिरोमा परेका मध्य ५ जनाको अवस्था अझैं अज्ञात छ । त्यसैगरी सत्यवती गाउँपालिका वडा नं. ३ मा पनि पहिरो बाट थप दुई जनाको मृत्यु भएको छ । स्थानीय ३० बर्षीय तिलकुमारी तरामु र उनका १० वर्षीय छोरा दर्शन तरामुको मृत्यु भएको गुल्मी प्रहरीले जानकारी दिएको छ ।
राति घरमा सुतिरहेको समयमा घर माथिबाट पहिरो झरेपछि तीनवटा पहिरोले पुरेको छ । पानी परिरहेको हुँदा उद्वार गर्न समस्या कठिन सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ साउन ७ गते मङ्गलवार