दाङ, चैत २३ ।
गृहमन्त्री सुधन गुरूङले पोखराको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको दाबी गरेका छन् । उनले कानुनी उपचार खोजिने बताएका छन् ।
यसअघि फेवाताल किनारको मापदण्डभित्र पर्ने क्षेत्रमा गृहमन्त्री गुरूङको २० रोपनी जग्गा रहेको कुरा सार्वजनिक भएको थियो ।
गुरूङले सचिवालय मार्फत त्यो जग्गा आफूले व्यवसाय गर्न भाडामा लिएको र जग्गाधनीले झुक्याएको भन्दै आफ्नो बचाउ गरेका छन् ।
गुरुङले जग्गाधनीले फेवातालको मापदण्डभित्र पर्ने अतिक्रमित जग्गा बारे तथ्य लुकाएको दोषारोपन गरेका छन् । फेवाताल किनारको उक्त जग्गा ६५ मिटर मापदण्डभित्र पर्ने कुरा भाडामा लिएपछि मात्र थाहा पाएको उनले दाबी गरेका छन् ।
पछिल्लो समय फेवाताल जग्गा प्रकरण बारे सार्वजनिक भएपछि गृहन्त्री गुरूङको चर्कौ आलोचना भएको थियो ।
प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
