२०८३ साउन २६ गते मङ्गलवार

केपी र रमेश पछि दीपक खड्कापनि पक्राउ


दाङ, चैत १५ । नेपाली कांग्रेसतथा नेता पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

पूर्व मन्त्री खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार पक्राउ गरेको हो ।
सम्पत्ति शुद्धीकरण अन्तर्गत अनुसन्धान गर्न खड्कालाई पक्राउ गरिएको हो ।

भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घर जलाइदिएका थिए।

त्यति खेर खड्काको घरमा रूपैयाँ भेटिएको भिडियोहरु सार्वजनिक भएका थिए । सोही बिषयमा अनुसन्धान गर्न खड्कालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखक पक्राउ गरिएका थिए ।
शनिबार बिहानै प्रहरीले पूर्व गृहमन्त्री लेखक र पूर्व प्रधानमन्त्री ओलीलाई निवास बाटै पक्राउ गरेको थियो ।

पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परेका हुन भने पूर्व प्रधानमन्त्री ओली गुण्डुस्थित निवासबाट पक्राउ गरिएका थिए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न भन्दै उनीहरुलाई शनिबार एकाबिहानै नियन्त्रणमा लिइएको थियो ।

शुक्रबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बोलन शाह नेतृत्वको सरकार गठन भएको थियो । जस्को गृहमन्त्री सुधन गुरुङ छन् ।


शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *