दाङ, चैत १५ । बाँकेको नेपालगंजमा आगो लगाइ जलेको अवस्थामा एक जना युवतीको शब फेला परेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी अंगुर जिसीले नेपालगंज उपमहानगरपालिका – १२ कोरियनपुरमा जलेको अवस्थामा अन्दाजी २५ बर्षीया युवतीको शब फेला परेको हो ।
युवतीको शब फेला परेको स्थान नसिंह होमको ठिक पछाडि पट्टी घना बस्तिको बीचमा हो । मृतकको पहिचान खुल्न बाँकी छ ।
प्रहरीले घटना बारे राति पौने १२ बजेतिर खबर पाएको थियो । प्रहरीले पुग्दा उनको मृत्यु भइ सकेको अवस्था थियो ।
घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ चैत्र १५ गते आइतवार
