२०८३ साउन २४ गते आइतवार

पूर्व प्रधानमन्त्री केपी र पूर्व गृहमन्त्री लेखक पक्राउ

दाङ, चैत १४ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखक पक्राउ परेका छन् ।


शनिबार बिहानै प्रहरीले पूर्व गृहमन्त्री लेखक र पूर्व प्रधानमन्त्री ओलीलाई निवास बाटै पक्राउ गरेको हो ।

पूर्व गृहमन्त्री रमेश लेखक भक्तपुरको कटुञ्जेबाट पक्राउ परेका हुन भने पूर्व प्रधानमन्त्री ओली गुण्डुस्थित निवासबाट पक्राउ परेका हुन ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न भन्दै उनीहरुलाई एकाबिहानै नियन्त्रणमा लिइएको हो ।


पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

अघिल्लो दिन मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बोलन शाह नेतृत्वको सरकार गठन भएको थियो । जस्को गृहमन्त्री सुधन गुरुङ छन् ।


शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *