तुलसीपुर , चैत १३। दाङ प्रहरीले चैत १ गते देखि ११ गतेसम्म २० जना फरार प्रतिबादीपनि पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयका लागि उनीहरुलाई ११ महिना १८ दिन कैदत भुक्तानका लागि कारागार चलान गरिएको छ । पक्राउ परेकाहरु बाट २७ हजार ७५० रुपैंया राजश्वपनि संकलन भएको छ ।
त्यस्तै यो अबधिका दाङ प्रहरीले खोला तथा नदी जन्य पदार्थ चोरी कार्यमा संलग्न ११ वटा ट्रयाक्टर पनि नियन्त्रणमा लिएको छ ।
ती सवारी साधनको कारबाही बाट २ लाख ९४ हजार ८ सय ७२ रुपैंया राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय घोरहीका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार
