२०८३ साउन २४ गते आइतवार

सुर्खेतकी १६ बर्षीया इनिशा बिकको बलात्कार पछि हत्या प्रकरणमा प्रहरी बुझाएको प्रतिबेदनमा के छ ?

दाङ, चैत १० । सुर्खेतकी १६ बर्षीया इनिशा बिकको बलात्कार बाट हत्या प्रकरणमा प्रहरीले आफ्नो तर्फ बाट अनुसन्धान पुरा गरि सरकारी वकिलको कार्यालयलाई आफ्नो प्रतिबेदन बुझाएको छ ।


जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका प्रमुख कर्णबहाुदर महतले प्रहरीले बुझाएको प्रतिबेदन रुजु गर्ने क्रम जारी रहेको बताए ।


स्रोतका अनुसार प्रहरीले बुझाएको प्रतिबेदनमा चार जना मध्य एक जना किशोरलाई जबरजस्ती करणी सम्बन्धि, कर्तब्य ज्यान सम्बन्धि मुद्दा लगाउन माग गर्दै जन्म कैदको माग गरिएको छ ।

प्रहरी प्रतिबेदनले मुख्य अभियुक्तका रुपमा चित्रन गरेका ती किशोर इनिशा संगै एकै बिद्यालयमा कक्षा ११ मा अध्यनरत छात्र हुन । जस्लाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो ।
अन्य तीन जनालाई प्रहरीले ज्यान सम्बन्धि कसुरमा मुद्दा चलाउन माग दाबी गरेको छ ।

ती तीन जना बलात्कार पछि इनिशा अत्यधिक रक्तश्राबका कारण अचेत भएपछि सहयोगका लागि बोलाइएका ब्यक्तिहरु थिए । उनीहरु माथि अचेत अवस्थाकी इनिशालाई उनीहरुले समयमै अस्पताल पुर्‍याउन भूमिका नखेलकोमा प्रहरीले दोषी मान्दै ज्यान सम्बन्धि कसुरमा मुद्दा चलाउन माग दाबी गरिएको छ ।


सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले अनुसन्धान पुरा गरि प्रहरीले आफ्नो प्रतिबेदन सरकारी वकिल कार्यालयलाई बुधबार बुझाएको जानकारी दिए ।
एसपी शाहीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिबेदन बारे खुलाउन चाहेनन् ।


मृतकको डिएनए रिपोर्ट, मोवाइल ट्याप सम्बन्धि फरेन्सिक रिपोर्ट र टक्सिलजीकल सम्बन्धि रिपोर्ट आइ नपुगेको हुँदा प्रतिबेदन बारे बोल्न नमिल्ने एसपी शाहीले बताए ।


एसपी शाहीका अनुसार उल्लेखित केही अनुसन्धानहरु नेपालमा गर्न सम्भब नभएको हुँदा स्याम्पल बिदेश पठाइएको र ती रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।
‘टक्सिकोलोजिकल रिपोर्टका लागि बिदेशमा पठाएको छ,’ एसपी शाहीले भने ‘ त्यो रिपोर्ट प्राप्त भएमा इनिशाको मृत्युको कारण स्पष्ट रुपमा भन्न सहज हुने छ ।’


त्यो रिपोर्टले शरीरमा कुनै विषालु पदार्थ वा औषधिको प्रयोग भए नभएको स्पष्ट भन्न सहज हुने गर्छ । यसअघि पोष्टमार्टम रिपोर्टले बलात्कार पछि अत्यधिक रक्तश्राबका कारण इनिशाको मृत्यु हुन पुगेको उल्लेख गरेको थियो ।


टियूसन पढन भनेर बिहानै घरबाट गएकी कक्षा ११ मा अध्यनरत इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित सामुदायिक वनको पार्कमा मृत अवस्थामा फेला परेकी थिइन ।

घटना अनुसन्धान सिआइबीका साथै जिल्ला प्रहरीले छुट्टा छुटै गरि प्रतिबेदन तयार पारेका थिए ।

प्रहरीले अनुसन्धान सकेर प्रतिबेदन बुझाएपनि इनिशाको परिवारले भने चित्त बुझाएका छैनन् । उनीहरुले शब बुझ्न मानेका छैनन् । १९ दिनदेखि इनिशाको शब सुर्खेत कालो गाउँस्थित कर्णाली प्रादेशिक अस्पतालमै रहँदै आएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *