तुलसीपुर, चैत ८ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरफाइ संस्थाले आइतबार तुलसीपुर उपमहानगरपालिका – ३ र सल्यान कपुरकोटको सीमानामा पर्ने खानेपानी मुहान क्षेत्रमा कार्यक्रम गर्यो ।
विश्व खाने पानी दिवसको अबशरमा खानेपानीले सातबास धैरेनी क्षेत्रको मूलको सरफाइ गर्नुका साथै सोही क्षेत्रमा औपचारिक कार्यक्रम गरि दिवस मनाएको हो ।
कार्यक्रमका अध्यक्ष तथा खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले तुलसीपुर – १० पढ्ढा गाउँको पानी लिफ्टिङ गरि आगामी बैशाखसम्म तुलसीपुरमा ल्याइर बितरण भइ सक्ने बताए ।
त्यस्तै उनले बबई बाट लिफ्टिङ गरि ल्याउन थालेको पानी आगामी असार मसान्त वा साउन भित्रमा तुलसीपुरमा बितरण गर्ने तयारीका साथ अन्तिम चरणका कामहरु भइ रहेको जानकारी दिए ।
‘अर्कौ बर्षदेखि तुलसीपुर बासीलाई पानीको खडेरी रहँदैन,’ अध्यक्ष भण्डारीले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का दाङ क्षेत्र नं. ३ का संयोजक बलिराम खत्रीले तुलसीपुरमा पानीको सहज उपलब्धता नरहेको भन्दै अबको सुख्या याममा ट्याँङकरको पानी माग्दासमेत तीन दिनमा बल्ल पाउने अवस्था रहेको बताए । उनले पानीका मुहान कसरी संरक्षण गर्न सकिन्छ ? भन्ने बारे सबैको चासो र चिन्ता हुनुपर्ने बताए ।
खानेपानीका सल्लाहकार जनक खरालले तुलसीपुर सुख्खा ग्रस्त क्षेत्र भएको भन्दै खानेपानीको ब्यबस्था एक प्रमुख चुनौति बन्दै गएको बताए ।
तुलसीपुरमा दिर्घकालिन रुपमा पानीको ब्यबस्थापन गर्न पहाडी क्षेत्र अर्थात पातुखोलाको शिरमा हाइड्याम निर्माण अतेन्तै जरुरी रहेको औंल्याए ।
त्यस्तै नारायणपुर खानेपानीका अध्यक्ष श्रवनकुमार रजौरेले स्वच्छ खानेपानी मौलिक हकको रुपमा परिभाषित भएपनि बढ्दो जनसंख्या बृद्धि संगै नयाँ पानीका मुहान संरक्षणमा ध्यान नदिने हो भने त्यो नारामा सीमित हुने चुनौति आउन सक्ने चिन्ता जाहेर गरे ।
नारायणपूर क्षेत्र पुरै भूमिगत पानीको भरमा थेगिएको भन्दै अब बबईको पानी लिफ्टिङ बिना काकाकुल नारायणपुरबासीको प्यास मेटाउन हम्मे पर्ने अवस्था आउन बताए ।
घोराही खानेपानीका कोषाध्यक्ष धुर्व केसीले अबको प्रमुख चुनौति मुलको कसरी संरक्षण गर्ने वा मुल सुक्न नदिनका लागि ठूलो सावधानी अपनाउन आवश्यक रहेको बताए ।
पानीका मुहानलाई कसरी सुरक्षित राख्ने र स्वच्छ पानी घर घरमा पुर्याउन सकिन्छ भन्ने बारे योजना बद्ध रुपमा काम गर्न जरुरी रहेको जोड दिए ।
बबई लिफ्टिङ आयोजनाका प्रोजेक्ट म्यानेजर इञ्जिनियर हडेन्द्र भट्टले पढ्ढा र बबई आयोजनाको प्रगितबारे धारणा राखे ।
त्यो कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तथा सामुदायिक वन महासंघका खेमराज महतराले पहाडी क्षेत्रका सामुदायिक वनका जलमुलाई निरन्तर रुपमा मुहानका आवेगलाई नरोकिने गरि मुलको संरक्षण र ब्यबस्थापन गर्न जरुरी रहेको जोड दिए ।
जनसंख्याको तीब्र बृद्धि र सहरी क्षेत्र दिनानुदिन बढ्दै गएको तर मुहानाको सिमिततालाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउन मरुभूमी करणबाट जोगाउन पर्ने महतराले बताए । उनले पानी संरक्षण गर्ने खालका बोट विरुवा मुहान क्षेत्रमा लगाउने योजना बनाउन आग्रह गरे ।
कार्यक्रमलाई सन्त निरंकारीकी शारदा जिसी, खानेपानीका पार्षद गोपाल रावत, सात गाउँले कुलोका संयोजक सुधिर केसी, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, खानेपानीका उपाध्यक्ष नारायणप्रशाद शर्मा लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण खानेपानीका सचिव भुवन भुसालले गरेका थिए ।
बर्षौंदेखि तुलसीपुरको ‘प्यास’ बुझाउँदै आएको मूल राम्री, सातबास, छरछरे लगाएतका मुहान हुन ।
यी मुहानहरु तुलसीपुर – ३ को पहाडमा पर्छन । विश्व पानी दिवसको अवशरमा तुलसीपुर खानेपानीले सातबास क्षेत्रमा कार्यक्रम गरेको हो ।
