२०८३ साउन २४ गते आइतवार

तुलसीपुरकाे सबैभन्दा ठुलाे टिभिएस एक्सचेञ्ज तथा फाईनान्स मेला आज देखि हात्तिखाैवामा

तुलसीपुर ,चैत ८ । टिभिएस माेटरसाईकल तथा स्कुटरकाे नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्स प्रालि , तुलसीपुरका लागि आधिकारिक किक्रेता श्रियम अटाे प्रालिकाे संयुक्त आयाेजनामा दाङको तुलसीपुरमा टिभिएस महाएक्सचेन्ज तथा फाईनान्स मेला गर्न लागेको छ।

हाल नेपाली बजारमा सर्वाधिक चर्चामा रहेको टिभिएस ब्रान्डले आफ्नाे ब्रान्डकाे लाेकप्रियता बढे सङ्गै आफ्नो बजार बिस्तारलाई झन आक्रमक बनाउदै लगेको छ। नेपाली बजारमा उपलब्ध ब्रान्डहरुमा टिभिएस सर्वाधिक रेन्ज भएको ब्रान्डमा पर्दछ।


तुलसीपुरकाे हात्तिखाैवामा यहि चैत ८ गते देखि १३ गते सम्म चल्नेमेलामा अहिलेसम्मकै धेरै रिकन्डिसन सहित हुन लागेको हाे। मेलामा नागरिकता र लाईसेन्सकाेभरमा सजिलाे फाईनान्स पनि रहेको टिभिएस तुल्सिपुरका सचालक शिव पुरिले जानकारी दिए।

भर्खरै मात्रै टिभिएसले आफ्नो बहुचर्चित माेडल एनटर्कलाई नेपाली बजारमा १ लाख पचास हजार अन द राेड कटि सकेको सेलेब्रेसन गरि रहेकाे छ। टिभिएस सग ११० सिसि देखि ३१० सिसि सम्मका माेटरसाईकल तथा स्कुटर उपलब्ध रहेका छन।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *