दाङ, चैत ६। प्युठानमा टिप्परले किच्दा दाङका एक जनाको मृत्यु भएको छ ।
दाङको राप्ती गाउँपालिका–१ भालुवाङका ४४ वर्षीय अशोक परियारको टिप्परले किच्दा घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता हरि भट्टराइका अनुसार बेलुकी करिब पौने ७ बजेतिर प्यूठान नगरपालिका–८ पाडावाङमा रा १ ख १८३९ नम्बरको टिपरले पैदल हिडिरहेका परियारलाई पछाडिको टायरले किचेको थियो । परियारले निर्माणाधिन सोही सडक खण्डमा काम गर्दै आएका थिए ।
चालक प्यूठान नगरपालिका – २ जुर्मीका ३७ बर्षीय अशोक राना मगर र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
टिप्पर लुप्लुङबाट चुनढुङ्गा बोकेर दम्ती तर्फ जाँदै थियो ।
प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार
