२०८३ साउन २६ गते मङ्गलवार

तुलसीपुरमा टिप्परको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु




दाङ, चैत ५ । दाङको तुलसीपुरमा टिप्परले स्कुटीलाई ठक्कर दिदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।


टिप्परको ठक्कर बाट स्कुटीको पछाडि सवार तुलसीपुर उपमहानगरपालिका – ९ की ४९ बर्षीया पुष्पा कँडेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।

श्रीमान – श्रीमति सवार रा ७ प ६३३१ नम्बरको स्कुटी श्रीमान दुर्गा कँडेलले चलाएका थिए । श्रीमानको अवस्था भने सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर बजारबाट पश्चिम तर्फ जाँदै गरेको स्कुटीलाई टिप्परले बेलुकी सात बजेतिर दुधेनामा ठक्कर दिदा पुष्पाको घटनास्थलमै मृत्यु भएको थियो । स्कुटी तुलसीपुर बाट पश्चिम तर्फ जाँदै थियो भने टिप्पर बिपरित दिशाबाट तु्लसीपुर तर्फ आइरहेको थियो ।


डिएसपी पराजुलीका अनुसार स्कुटीलाई ठक्कर दिए पछि चालक टिप्पर लगेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय घोराहीले टिप्पर नारायणपुरबाट नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको जनाएको छ ।


घटनाको बिरोधमा स्थानीयले तुलसीपुर – पश्चिमको सडक खण्ड अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा टायर बालेका छन् ।
दुर्घना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *