२०८३ साउन १ गते शुक्रवार

आत्महत्या दुरुत्सहान मुद्दा पछि भूपेन्द्र कठायत पक्राउ

दाङ, चैत ५ । आफ्नो नाबालक दुई सन्तानसहित आमाले भेरी नदीमा हाम फालेको घटनामा श्रीमान बिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता पछि उनी पक्राउ परेका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतले चैत १ गते ११ वर्षीया छोरी आशा र पाँच वर्षका छोरा दिपकसहित भेरी नदीमा हामफालेकी थिइन ।
जसमध्य २ गते आमा मायाको र ३ गते छोरी आशाको शव फेला परेको थियो। ५ बर्षीय छोरा दीपकको अवस्था भने अझैं अज्ञात छ ।

यो घटना पछि मायाका बुवा बासुदेव गिरीले ३७ बर्षीय ज्वाँइ भूपेन्द्र कठायतविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा इलाका प्रहरी कार्यालय छिन्चुमा दर्ता गरेका थिए । मुद्दा दर्ता पछि भूपेन्द्रलाई बिहीबार बिहान पक्राउ गरिएको इप्रका छिन्चुका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले जानकारी दिए ।


बासुदेवले ज्वाँँइको यातनाको कारण आफ्नी छोरी मायाले नातिनी र नातिसहित नदीमा हाम फाल्न बाध्य भएको कुरा ज्वाँइ भूपेन्द्र बिरुद्ध दायर गरेको आत्महत्या दुरुत्साहन मुद्दामा उल्लेख छ ।

भूपेन्द्रले दैनिक मदिरा सेवन गरि यातना दिने गरेकै कारण बाध्य भएर छोरीले आफ्ना कलिला सन्तानसहित भेरी नदीमा हाल फालेर आत्महत्या गरेको बासुदेवले जोहर गरेको जोहरीमा उल्लेख छ ।


श्रीमान संगको झगडा पछि फागुन २८ गते बेलुकी माया छोरा छोरीसहित झन्डै १ किलोमिटर टाढा रहेको काका नाता पर्ने आफन्तको घरमा गएकी थिइन । फागुन ३० गते बिहान छोरी आशा एक्लै घर गएकी थिइन । सोही दिन बेलुका बाबु– छोरी फेरि मायालाई लिन भनेर गएका थिए ।

तर, उनीहरुका बीचमा त्यहीपनि झगडा भएको थियो । माया रातिमा घर नफर्कने बरु भोलि बिहान मात्रै घर फर्किने बताएकी थिइन । त्यसपछि भूपेन्द्र एक्लै घर फर्किएका थिए ।
माया चैत १ गते छोरा छोरीसहित बिहान काकाको घर बाट घर जान भनेर हिडेकी थिइन । तर, उनी घर पुगिनन् । बरु बीचमा पर्ने नदी किनारमा आइतबार दिउँसो कपडा, चप्पल, ब्याग र मोवाइल फेला पर्‍यो । त्यसपछि छोरा छोरीसहित मायाले नदीमा हाम फालेको आशंकामा खोजी सुरु भएको थियो ।


स्थानीयसहित नगरपालिकाको सहयोगमा बेपत्ता बालकको खोजी जारी छ । घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *