२०८३ साउन २६ गते मङ्गलवार

समानुपातिक सांसदले बुझे प्रमाणपत्र

दाङ, चैत ५ । निर्वाचन आयोगले बिहीबार समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ ।

फागुन २१ गते भएको निर्वाचन अन्तर्गत समानुपातिक प्रणाली तर्फ निर्वाचित सांसदले प्रमाणपत्र बुझेका हुन ।

निर्वाचन आयोगको बहादुर भवनस्थित प्रांगणमा नव निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

आयोगका सचिव कृष्णबहादुर राउतले सांसदलाई प्रमाण पत्र बितरण गरेका थिए ।


फागुन २१ को निर्वाचन अन्तरगत समानुपातिक तर्फ सबै भन्दा धेरै सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको थियो । उस्का समानुपातिक तर्फ ५७ जना सांसद भएका छन् ।


त्यस्तै नेपाली कांग्रेसका २० जना , नेकपा एमालेले १६ जना , नेपाली कम्युनिष्ट पार्टीका ९ जना समानुपातिक सांसद बनेका छन् । त्यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४ / ४ जना समानुपातिक सांसद बनेका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *