२०८३ साउन २४ गते आइतवार

काँग्रेस सभापति गगन दिए राजीनामा

‘यदि बिषेश महाधिबेन नगरी निर्वाचनमा गएको भए परिनाम झनै कमजोर आउँथ्यो’


दाङ, चैत ५ । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् ।

सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका थिए ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा आफूसहित सबै पदाधिकारी पराजित भएपछि त्यसको जिम्मेवारी लिँदै सभापति थापाले पदबाट राजीनामा बुझाएका हुन ।


कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी खडा गरेको थियो । तर, काँग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जित्दै दोस्रो दल बनेको छ ।


सभापति थापा सर्लाही ४ बाट पराजित भएका थिए । काँग्रेसले शुक्रबार दिउँसो १ बजेपछि चुनावी समीक्षा गर्न काँग्रेस केन्द्रीय समिति बैठक बोलाएको छ । थापा राजीनामा स्वीकृत गर्ने वा नगर्ने शुक्रबारको केन्द्रीय समितिले बैठकले निर्णय गर्ने छ ।

थापा गत पुस ३० गते विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चयन भएका थिए । शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनमा सहभागी भएको थिएन । सोही बिषयमा देउवा पक्षले सर्वौच्च अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन छ।


गगन सभापति भएको हप्ता दिनमै माघ ६ गते मनोनयन दर्ताको समय तोकिएको थियो । यतिखेर कांग्रेस भित्र नियमित महाधिवेशनको माग भइरहेको छ। यद्यपी विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्राबधान छ ।

सभापति थापाले राजीनामा पत्रमा काँग्रेसले ठूलो पराजय बेहोर्नुको प्रमुख कारणहरूमध्ये समयको सीमितता मुख्य कारणका रुपमा उल्लेख गरेका छन् ।


उनले विशेष महाधिवेशन सम्पन्न नभई निर्वाचनमा गएको भए परिणाम अझै कमजोर आउने दाबीपनि गरेका छन् ।

साथै सभापति थापाले देशका विभिन्न भागमा पुगेर पार्टीका नेता कार्यकर्ताका साथै आम नागरिकसँग संवाद गर्ने बताएका छन् ।

कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न हुने उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *