दाङ, चैत ४ । नेपालमा भोलिदेखि पुनः वर्षा गराउने प्रणाली सक्रिय हुने संभावना देखिएको छ ।
बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशमा बादल लाग्ने छ ।
मौसमविदहरुका अनुसार बिहीबार बेलुकाबाट पश्चिम नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका छन् ।
जस्ले गर्दा मुलका अधिकाँस ठाउँमा शुक्रबार र शनिबार मेघगर्जन, चट्याङसहित वर्षा हुने आँकलन गरिएको छ ।
काठमाडौं र मधेस प्रदेशमा ठूलो बर्षाको सम्भावना औंल्याइएको छ ।
साथै मुलुकका बिभिन्न स्थालनमा मेघगर्जनसहित असिना पर्ने तथा मध्यम वर्षाैका साथै हिमपातको सम्भावना औंल्याइएको छ ।
बिहीबार राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । बाँकी तराईका भू–भागमा केही ठाउँमा बादल लाग्ने छ।
त्यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित चट्याङको संभाना छ ।
