२०८३ बैशाख २ गते बुधवार

११ बर्षीया आशाको शब पनि फेला, ५ बर्षीय दीपकको खोजी जारी

दाङ, चैत ३ ।सुर्खेतस्थित भेरी नदीमा मंगलबार बिहान ११ बर्षीया आशा कठायतको शबपनि फेला परेको छ । गुर्भाकोट गाउँपालिका – १३ भमकास्थित नदी किनारका आशाको शब फेला परेको हो ।


सोमबार बेलुकी उनकी ३८ वर्षीया आमा माया कठायतको शव फेला परेको थियो । ५ बर्षीया दीपक कठायतको अवस्था अज्ञात छ । उनीहरु सुर्खेतको गुर्भाकोट गाउँपालिका–१२ पिप्लेका हुन ।


माया दुई सन्तानसहित जिल्लाकै लेकबेसी नगरपालिका – ३ पटारेस्थित काकाको घरमा तीन दिनअघि गएकी थिइन ।
माया आइतबार बिहानै काकाको घर बाट आफ्नो घर फर्किदै गर्दा बेपत्ता भएकी थिइन ।

घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गर्ने सल, मोवाइल फोन, चप्पल र झोला फेला परेको थियो । त्यसपछि मायाले सन्तानसहित भेरी नदीमा प्रबेश गरेको आशंकामा खोजी सुरु भएको थियो ।


मायाको शब सोमबार बेलुकी लेकबेसी – ३ स्थित भेरी नदीको खाँेचमा फेला परेको हो ।
मायाका श्रीमान ३७ वर्षीय भूपेन्द्र कठायत घरमै छन् ।


श्रीमान – श्रीमतिका बीचमा घर झगडा भएपछि माया आफ्ना दुई सन्तानसहित काकाको घरमा पुगेको र त्यहाँबाट फर्किने क्रममा नदीमा प्रबेश गरेको आशंका भइ रहेको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *