दाङ, चैत २ । सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई घुस मागेको आरोप लगाएका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन ।
कैलालीको वन निर्देशनलायमा कार्यरत भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो ।
मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले वन अधिकृत भट्ट बिरुद्ध विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा वन अधिकृत भझ् पक्राउ परेको कैलालीका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।
भट्टले केही दिन अघि सञ्चार माध्यमलाई दिएको अन्तवार्तामा मुख्यमन्त्रीले आँफु संग पाँच लाख घुस मागेको आरोप लगाएका थिए ।
आँफुले मुख्यमन्त्रीले मागेको रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरुवा गरिएको दोषारोपन गरेका थिए ।
सोही बारे स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला सोमबार दिउँसो वन अधिकृत भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटना बारे थप अनुसन्धान हुने रहेको प्रहरीले जनाएको छ ।