२०८३ बैशाख १७ गते बिहिवार

दाङका ५ जना समानुपातिक सांसदका लागि सिफारिस

दाङ, चैत १ । दाङका पाँच जनाको नाम समानुपातिक सांसदका लागि सिफारिसमा परेको छ ।
बिभिन्न दलबाट दाङका पाँच जनाको नाम सिफरिस भएको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) बाट सुरेन्द्र चौधरी, क्रान्तिशिखा धिताल र खिमा बिकको नाम सिफारिस भएको छ । सुरेन्द्र चौधरी दाङको क्षेत्र नं. १ का नेपाली काँग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार योगेन्द्र चौधरीका सहोदर दाजु हुन । क्रान्तिशिखा धिताल तुलसीपुरकी हुन भने खिमा बिकक दंगीशरणकी हुन ।


नेकपा (एमाले) ले घोराहीकी मुस्लिम महिला साजिदा सिद्दिकीको नाम सिफारिस गरेको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले भीमकुमारी बुढाको नाम आफ्नो पार्टीको तर्फवाट निर्वाचन आयोगमा सिफारिस गरि पठाएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *