२०८३ बैशाख ३ गते बिहिवार

समानुपातिक तर्फ एमालेबाट सिफारिस ९ जना नामहरु

दाङ, चैत १ । नेकपा एमालेले समानुपातिक तर्फ नौं जनाको नाम सिफारिस गरेको छ ।


उस्ले निर्वाचन आयोगमा पठाएको सूचिमा जनजातिबाट चार जनामध्ये महिला तर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ र पुरुष तर्फ रामबहादुर थापा मगर, कुलभक्त शाक्य रहेका छन् ।


त्यस्तै खसआर्य तर्फका पाँच जनामा महिला तर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, यशुदाकुमारी बराल र पिछडिएको क्षेत्रबाट गुरुप्रसाद बराल र पुष्पराज कंडेल रहेका छन् ।


त्यस्तै थारूतर्फ कृपाराम राना, दलित तर्फ विष्णुमाया बिके, नीता घतानी रहेका छन् ।

त्यस्तै मधेसी तर्फ रिंगला यादव, यशोधाकुमारी यादव, चन्द्रेश्वर मण्डल रहेका छन् । मुस्लिममा दाङकी साजिदा सिद्दीकी परेकी छन् ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *