२०८३ बैशाख २ गते बुधवार

काँग्रेसले सिफारिस गरेका २० समानुपातिक सूचिमा को –को परे ?


दाङ, फागुन २८ । नेपाली कांग्रेसले २० जनाको नाम समानुपातिक तर्फ सिफारिस गरेको छ । निर्वाचन आयोगमा काँग्रेसले १५ जना महिला र ५ पुरुषको सूची पठाएको छ ।


उस्ले खसआर्य कोटाबाट सुशीला ढकाल , रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, कालीबहादुर सहकारी र अर्जुननरसिंह केसीको नाम पठाएको छ ।

त्यस्तै आदिवासी जनजाति तर्फ गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल , गीता गुरुङ , रेनुका काउचा , मदन कृष्ण श्रेष्ठ र भीष्मराज आङ्देम्बेको नाम पठाएको छ ।

काँग्रेसले मधेसी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव , चन्द्रमोहन यादवको नाम सिफारिस गरेको छ ।
त्यस्तै दलित कोटाबाट हरिनादेवी कामी , पवित्रा विक र मन माया विकको नाम पठाएको छ ।


थारू कोटाबाट, प्रमिलाकुमारी गच्छदार र मुस्लिम कोटाबाट शाहजान खातुनको नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *