तुलसीपुर, फागुन २६ । दाङको क्षेत्र नं. २ मा फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा २० जना उम्मेदवारले जमानत गुमाएका छन् ।
निर्वाचनमा दाङ – २ मा ८२ हजार ३ सय ५ मत गणना भएको थियो । त्यसमध्ये ७९ हजार ४ सय ४० मत सदर भएको थियो ।
२ हजार ८ सय ६५ मत बदर भएको थियो ।
यो निर्वाचन क्षेत्रमा सदर मतको १० प्रतिशत अर्थात ७ हजार ९ सय ४४ मत गर्न नसकने उम्मेदवारको धरौटी जफत भएको हो । जो उनीहरुले माघ ६ गते आफ्नो उम्मेदवारी दर्ताका क्रममा बुझाउनु पर्ने नियम थियो ।
उम्मेदवारी दर्ता गर्दा दलित र महिलालाई ५० प्रतिसत छुटको ब्यबस्था निर्वाचन कानुनमा छ भने यी बाहेका अन्य उम्मेदवारी दश हजार धरौटी बुझाएर मनोनयन दर्ता गरेका थिए । दाङ – २ का कुल २३ जना उम्मेदवार मध्य ३ जनाले मात्रै धरौटी जोगाउन सके भने अन्य २० जनाले जोगाउन सकेनन् ।
दाङ – २ बाट निर्वाचित हुने राश्वपाका विपिनकुमार आचार्यले ४३,५५९ मत प्राप्त गरेका थिए ।
दोस्रो हुने नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले १५ हजार २ सय ८७ र नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५ सय ५८ मत प्राप्त गरे । यि तीनै जनाले आफ्नो जमानत जोगाउन सफल भए ।
यो क्षेत्रबाट नेकपाका उम्मेदवार निर्मल आचार्य ७,०८३ मत , राप्रपाका ऋषिकेश पोख्रेल ७६० मत , मंगोल नेसनल अर्गनाइजेसनका अम्मरबहादुर बुढा ५५७ मत र २२६ मत प्राप्त गरेका राष्ट्रिय जनमोर्चाका मनिराम खनालले आफ्नो जमानत गुमाएका हुन ।
यो निर्वाचन क्षेत्र बाट नेसनल रिपब्लिक नेपालका जितन पुन ९२, प्रलोपाका प्रतीक अधिकारी ७४, राष्ट्रिय जनमुक्ति पार्टीका रविन्द्र उच्च नेपाली ४१,स्वतन्त्र उम्मेदवारहरू पद्मप्रसाद पाण्डे ३२, धर्मराज शर्मा ३१, जनता समाजवादी पार्टीका ढुण्डिराज थापा ३१, नागरिक उन्मुक्ति पार्टीका झरेन्द्रबहादुर खत्री २८ र २१ मत प्राप्त गरेका नेपाल मजदुर किसान पार्टीका नवीनकुमार शाहीको पनि जमान जफत भयो ।
त्यस्तै मितेरी पार्टी नेपालका रेखबहादुर पुन ९, आम जनता पार्टीका कृष्णबहादुर सनार ७, विष्णुकुमारी भुसाल ११, बालाराम पौडेल र कल्पना लामा ९/९, लालबहादुर खत्री ७, समीर वली र समान ४/४ विष्णुविक्रम सेन वलीको पनि जमातन जफत भएको छ ।