२०८३ साउन २८ गते बिहिवार

दाङ – २ मा समानुपातिक मत कस्को कति ?

तुलसीपुर , फागुन २४ । दाङको क्षेत्र नम्बर २ को समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ ।


समानुपातिक तर्फको मतमा पनि राष्ट्रिय स्वन्त्र पार्टी (राश्वपा) ले अन्य दलहरु भन्दा तीन गुणा बढी मत प्राप्त गरि पहिलो दल बन्न सफल भएको छ । उस्ले ४२,६५८ मत प्राप्त गरेको छ ।


दोस्रो स्थानको नेकपा (एमाले) ले १३,९०२, नेपाली कांग्रेसले ११,३६९, नेपाली कम्युनिष्ट पार्टीले ७२६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १७५६ मत प्राप्त गरेका छन ।


प्रमुख पाँच दलले प्राप्त गरेको प्रत्यक्ष र समानुपातिक तर्फको मत विश्लेशन गर्दा समानुपातिक तर्फ रास्वपाले प्रत्यक्षतर्फ प्राप्त गरेको मतभन्दा ९०१ मत कम प्राप्त गरेको छ ।


त्यस्तै एमालेले प्रत्यक्षतर्फ भन्दा १३८५ कम मत र कांग्रेसले प्रत्यक्ष तर्फको भन्दा १८९ मत कम प्राप्त गरेको छ।
तर, नेकपाले प्रत्यक्ष तर्फको भन्दा १८५ मत बढी र राप्रपाले प्रत्यक्ष तर्फको भन्दा ९९६ मत बढी प्राप्त गरेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *