दाङ, फागुन २४ । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपाका शर्माले २१ हजार ६०९ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे ।
यहाँ तेस्रो स्थानमा रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मानबहादुर शाहीले ४ हजार ७६ मत प्राप्त गरि चौथो स्थान हासिल गरे ।
फागुन २१ गते भएको प्रतिनिधिसभ सदस्य पदको निर्वाचनले प्रलोपाका संरक्षक जनार्दशनको बिद्रोह अनुमोदन गरेनन् । जनार्दशनले निर्वाचन पूर्व आफ्ना सर्बौच्च कमाण्डर ‘प्रचण्ड’ संग बिद्रोह गर्दै प्रलोपा स्थापना गरेका गरेका थिए ।
तत्कालिन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत वाम घटकको एकताको बिरोध गर्दै जनार्दनले प्रचण्ड संग बिद्रोह गरेका थिए । जस्लाई रुकमेलीले अस्विरका गरेका छन् ।
बरु नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) रूकुम पूर्वबाट, वर्षमान पुन रोल्पाबाट, रमेशकुमार मल्ल सल्यानबाट निर्वाचित भएर आफ्नो पूर्व आधार क्षेत्रको रक्षा गरेका छन् ।
हालसम्मको नतिजामा कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाहीले पनि बिजयी हासिल गरेका छन् ।
