२०८३ साउन २६ गते मङ्गलवार

दाङका तीन वटै क्षेत्रमा राश्वपाको सानदार जित

तुलसीपुर, फागुन २४ । दाङका तीन वटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ ।


फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको अन्तिम नतिजा शनिबार रातिसम्म सार्वजनिक भएको हो ।
दाङ– १ मा देवराज पाठक, दाङ – २ मा विपिनकुमार आचार्य र दाङ क्षेत्र नं. ३ मा कमल सुबेदीले सानदार जित निकाले ।

उनीहरु सबै आफ्ना प्रतिष्पर्धी भन्दा फराकिलो मतान्तरले बिजयी भए ।
दाङमा राश्वपाले गरेको यो तेस्रो ‘क्लिन स्वीप’ हो ।

यसअघि नेपाली काँग्रेसले एक्लै २०५६ र २०७० मा दाङका सबै सिटहरु जितेको थियो । शान्ति प्रक्रिया पछि २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओबादीले दाङका सबै ५ वटै सिटहरु जितेको थियो ।
त्यसयता एक्लै भिडिेर दाङ ‘क्लिनस्वीप’ गर्दै राश्वपाले आफ्नो झण्डा फहराएको छ ।


नेकपा कालमा २०७४ मा अधिकाँस निर्वाचन क्षेत्र बाम गठबन्धनले जितेपनि दाङको क्षेत्र नं. ३ (क) मा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी ‘क्लिन स्वीप’ हुन बाट रोकेका थिए । चौधरीले तत्कालिन नेकपा (माओबादीका केन्द्र) का जगप्रशाद शर्मा (अपार) लाई पराजित गरेका थिए ।
२०७९ सालको संसदीय निर्वाचनमा पनि दाङमा काँग्रेस – माओबादीसहितको गठबन्धनका सबै उम्मेदवारहरु निर्वाचित भएका थिए ।

२०८२को निर्वाचनमा दाङ – १ मा पाठक बिजयी

फागुन २३ गते राति प्राप्त अन्तिम मत परिनाम अनुसार दाङ – १ मा राश्वपाका उम्मेदवार देवराज पाटक प्रतिनिधिसभा सदन्स्यमा निर्वाचित भएका छन् ।


पाठकले ४२ हजार ६ सय २ मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले १५ हजार २ सय ८० मत प्राप्त गरे ।
राश्वपाका पाठकले काँग्रेसका चौधरीलाई २७ हजार ३ सय २२ मतान्तरणले पराजित गरे ।

यहाँ नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८ सय २५ मत , नेपाली कम्युनिस्ट पार्टीका मेटमणी चौधरीले ४ हजार ९ सय ६५ रस्वतन्त्र उम्मेदवार लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसीले १ हजार ३ सय ८४ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा कुल १ लाख ४० हजार १ मतदाता रहेकोमा ८० हजार ९ सय ५९ मत खसेको थियो ।

राश्वपाबाट निर्वाचित ६० बर्षीय पाठक प्रतिष्पर्धी मध्य सबै भन्दा पाका उमेरका थिए । पूर्व शिक्षक उनी राश्वपा बाटै २०७९ मा पराजित भएका थिए । राश्वपाको उम्मेदवार बन्नु भन्दा पहिले उनी नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको दाङ जिल्ला उपाध्यक्ष थिए ।

दाङ – २ मा विपिनकुमार आचार्य

दाङको क्षेत्र नं. २ मा राश्वपाका विपिनकुमार आचार्य ४३ हजार ५ सय ५९ मत प्राप्त गरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।


आचार्यका निकतम प्रतिष्पर्धी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले १५हजार २ सय ८७ मत प्राप्त गरे ।
राश्वपा सहमहामन्त्री विपिनले एमाले महासचिव शंकरलाई २८ हजार २ सय ७२ मतान्तरले पराजित गरे ।


यहाँ नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले ११ हजार ५ सय ५८ मत प्राप्त गरि तृतिय भए । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निर्मलकुमार आचार्यले ७ हजार ८३ मत प्राप्त गरे ।


यो निर्वाचन क्षेत्रमा ८२ हजार ३ सय ५ मत गणना भएको थियो । २ हजार ८ सय ६५ मत बदर भयो । दाङ – २ मा कुल १ लाख ४० हजार ९ सय ६५ मतदाता थिए ।


निर्वाचित भएका ३९ बर्षीय विपिन राश्वपाका संस्थापक मध्यका एक हुन । पार्टीको चुनाव चिन्ह, रंग र प्रथम वाचा पत्र विपिनले तयार पारेका थिए । आचार्यले पार्टी सभापति रबि लामिछाने संगै गोरखा मिडिया ग्रुपमा क्रियटिभ डाइरेक्टरका रुपमा काम गरेका थिए ।

दाङ – ३ मा कमल सुबेदी निर्वाचित

दाङ क्षेत्र नं. ३ मा राश्वपाका कमल सुबेदी निर्वाचित भए । सुबेदीले ४४, २४८ मत प्राप्त गरे । नेपाली काँग्रेसका उम्मेदवार दीपक गिरीले १६,४५३ मत प्राप्त गरे । निकटतम प्रतिष्पर्धी गिरीलाई सुबेदीले २७,७९५ मतान्तरले पराजित गरे ।

यहाँ नेकपा (एमाले)का घनश्याम पाण्डेले १२, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९३२८ र राष्ट्रिय प्रजातन्त्रका दामोदर भण्डारीले १०५७ मत प्राप्त गरे ।


अबिबाहित ३८ बर्षका कमल बिगतमा अशल शासन क्लबमा आवद्ध थिए । उनले सोही क्लबबाट रेडियो हापुरे खोल्न मद्दत गरेका थिए । सुबेदीले आफ्नी स्वर्गिय आमाको नामबाट एम्बुलेन्स संचालन गर्दै आएका छन् ।


दाङ क्षेत्र नं. ३ मा ८८,६१७ मत गणना भएकोमा ३७७६ मत बदर भएको थियो ।
यो निर्वाचन क्षेत्रमा १ लाख ५० हजार सात सय २० मतदाता थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *