२०८३ असार २७ गते शनिवार

सल्यानमा रमेशकुमार मल्ल २२८५ मतान्तरले बिजयी


दाङ, फागुन २४ । सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल निर्वाचित भएका छन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचन परिनाम अनुसार नेकपाका मल्ल २३९८९ मत प्राप्त गरि निर्वाचित भएका हुन ।


मल्ल्का निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले २०,९०४ मत प्राप्त गर्दै दोस्रो बने । नेकपाका मल्लले राश्वपाका चन्दलाई २२८५ मतान्तरले पराजित गरेका हुन ।


मल्ल प्रधानमन्त्री छँदा प्रचण्डको स्वकीय सचिवको भूमिकामा थिए । उनी क्रान्तिकारी बिद्यार्थी संगठनको पूर्व केन्द्रीय अध्यक्ष हुन । पराजित भएका राश्वपाका चन्द पेशाले इन्जिनियर हुन भने पार्टीको कर्णाली प्रदेश महामन्त्रीमा हुन ।

नेकपाले माओबादी युद्ध ताकाको आफ्नो आधार क्षेत्रमा सुरक्षित गर्न सफल भएको छ । यसअघि रोल्पाबाट बर्षमान पुन, रुकुम पूर्वबाट पार्टी संयोजक पुष्पकमल दाहाल, छिमेकी जिल्ला रुकुम पश्चिम बाट गोपाल शर्मा निर्वाचित भएका छन् ।

सल्यानमा नेपाली काँग्रेसका उम्मेदवार केशबहादुर विष्टले . १७,५५८ मत प्राप्त गरे । बिष्ट जिल्ला पार्टी सभापति हुन । उनी २०७९ को स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकामा पनि पराजित भएका थिए । उनी पूर्व जिल्ला समन्वय समिति प्रमुखपनि हुन ।


सल्यानमा नेकपा एमाले यहाँ चौथो स्थानमा आयो । एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले १५,३७३ मत प्राप्त गरे ।

उनी २०७४ मा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । शाह २०७९ को निर्वाचनमा पनि पराजित भएका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *