दाङ, फागुन २३ ।प्यूठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक निर्वाचित भएका छन् ।
वैदिकले २७,४६९ मत प्राप्त गरि बिजय हासिल गरेका हुन ।
निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेलले १८३३८ मत प्राप्त गरेका थिए ।
राश्वपाका बैदिक– काँग्रेसका पोखरेल भन्दा ९१३१ मत बढी प्राप्त गरि निर्वाचित भएका हुन । प्यूठानमा काँग्रेसका पोखरेलले सूरुवाति चरणमा लिड गरेका थिए । मध्य भागमा आएर राश्वपाका बैदिकले उनलाई उछिन्दै जित हासिल गरेका थिए ।
यहाँ नेकपा (एमाले) का सूर्य थापा तेस्रो स्थान हासिल गरे ।
थापाले १६७१० मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्काले ९०७४ मत र राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले ७ ६५४ मत प्राप्त गरे ।
एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको प्यूठानमा कुल १ लाख ६५ हजार ४०६ मतदाता थिए । त्यसमध्य ८४ हजार ४३३ मत खसेको थियो।
खसेको मत मध्य ८१ हजार १४६ मत सदर भएको थियो । ३ हजार २८७ मत बदर भएको थियो ।
राश्वपाले प्यूठानमा बामपन्थीको किल्ला भत्काउन सफल भएको छ ।
बामपन्थीको किल्ला मानिने प्यूठानमा २०५१ पछि प्रदेशसभामा गत प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसका सरोज थापा (रोज राणा) प्यूठान १ (ख) बाट निर्वाचित भएका थिए । उनी हाल लुम्बिनी प्रदेशमा मन्त्री छन
