तुलसीपुर, फागुन २३ । दाङ – १ मा राश्वपाका उम्मेदवार देवराज पाटक भारी मतान्तलरले निर्वाचित भएका छन् ।
निर्वाचित भएका पाठकले ४२ हजार ६ सय २ मत प्राप्त गरे ।
निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले १५ हजार २ सय ८० मत प्राप्त गरे ।
राश्वपाका पाठकले काँग्रेसका चौधरीलाई २७ हजार ३ सय २२ मतान्तरणले पराजित गरेका हुन ।
त्यस्तै नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८ सय २५ मत प्राप्त गरे ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीका मेटमणी चौधरीले ४ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसीले १ हजार ३ सय ८४ मत प्राप्त गरे ।
यो निर्वाचन क्षेत्रमा कुल १ लाख ४० हजार १ मतदाता रहेकोमा ८० हजार ९ सय ५९ मत खसेको थियो ।
प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते आइतवार
