२०८३ साउन २८ गते बिहिवार

मतगणना बाँकी छँदै शंकर पोखरेलले स्वीकारे हार


दाङ, फागुन २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झन्डै २२ हजार जति मतगणना बाँकी छँदै हार स्वीकार गरेका हुन ।


शनिबार आफ्नो सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै दाङ क्षेत्र नं. २ का उम्मेदवार पोखरेलले ‘परिवर्तन’ को लहरका सामु पार्टीको प्रयास सफल हुन नसकेको उल्लेख गरेका छन् ।
त्यस्तै उनले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएको बताएका छन् ।


‘अन्त्यमा, जिन्दगी हो—हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ भन्ने गितको भावझैँ लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हो। निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।


उनले आफू उम्मेदवार भएको प्रतिनिधि सभा–२ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने रास्वपाका विपिन आचार्यलाई बधाई पनि दिएका छन ।

उनले सम्पूर्ण शुभेच्छुक र आफन्तजनहरूमा साथ र सहयोगका लागि धन्यबादपनि ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *