२०८३ असार २७ गते शनिवार

बाँकेमा २ ठाउँमा राश्वपा र १ ठाउँमा एमाले बिजयी

दाङ, फागुन २३ । बाँकेमा तीन वटै निर्वाचन क्षेत्रको निर्वाचन परिनाम सार्वजनि भएको छ ।
बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् ।

सुनारले २९५५१ प्राप्त गरि निर्वाचित भएका हुन । नेकपा एमालेका सुमन मल्लले १९६१५ मत प्राप्त गरे । राश्वपाका सुनारले एमालेका मल्ललाई ९९३६ मतान्तरले हराएका हुन ।
नेपाली कांग्रेसका अमरसिंह पुन १३२१५ मतसहित तेस्रो स्थानमा थिए ।

त्यस्तै बाँके क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेशकुमार चौधरी विजयी भएका छन् । चौधरीले ३२७९२ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका उम्मेदवगार नारायण प्रसाद गौडेलले १५३०१ मत प्राप्त गरे । राश्वपाका चौधरीले काँग्रेसका गौंडेललाई १७४९१ मतान्तरले पराजित गगरेका हुन । यो क्षेत्रमा एमालेका सूर्यप्रसाद ढकाल ११०९५ हजार मत प्राप्त गरे ।

दाङको क्षेत्र नं. २ मा भने नेकपा (एमाले)का मोहमद इस्तियाक राइ निर्वाचित भएका छन् ।


राइ २४६२८ मत प्राप्त गरि निर्वाचित भएका हुन । उनका निकट प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठले १८६८२ मत प्राप्त गरे । राइले श्रेष्ठलाई ५९४६ मतान्तरले पराजित गरेका हुन ।


यहाँ नेपाली कांग्रेसका उम्मेदवार सुधान्सु कोइरालाले १७५९० मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ऋषिराज देवकोटाले १२८६ , नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्टले १०१५ मत प्राप्त गरे ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *