दाङ, फागुन २२ । दाङ– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का उम्मेदवार विपिन आचार्यले झन्डै पाँच गुणाले अगाडि पुगेका छन् ।
राश्वपाका विपिन आचार्यले ३९१५ मत गन्दा २४४३ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) का शंकर पोखरेलले जम्मा ५९४ , नेपाली काँग्रेसका किरणकिशोर घिमिले ३९० र नेपाली कम्युष्टि पार्टीका निर्मल आचार्यले २१८ मत प्राप्त गरेका छन् ।
मतगणना जारी छ ।
३९१५ मत गन्दा २०१ मत बदर भएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
