तुलसीपुर, फागुन १६ । नेपाली काँग्रेस तुलसीपुर नगरसमितिले आइतबार तुलसीपुर बसपार्कमा चुनाबी सभा आयोजना गरेको छ ।
दाङ क्षेत्र नं. ३ का उम्मेदवार आफ्ना उम्मेदवार दीपक गिरीको पक्षमा माहोल सृजना गर्न तुलसीपुरमा पालिका स्तरिय चु्नाबी सभा आयोजना गरिएको काँग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले बताए ।
क्षेत्र नं. ३ अन्तरगत पर्ने नगरका १५ वटै वडाका नेता कार्यकर्तालाई तुलसीपुरको बसपार्कमा आयोजना हुने कार्यक्रममा सहभागि हुन तुलसीपुर नगर सचिव बिमल पौडेलले आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शनिवार
