
हापुरे, फागुन १६। नेपाली काँग्रेसले शुक्रबार बबई गाउँपालिका स्तरिय चुनाबी सभा हापुरेमा गरेको छ ।
चुनाबी सभाका बक्ताहरुले पश्चिम दाङको बिकासलाई थप अगाडि बढाउन काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरे ।
भदौ २३ र २४ गतेको जनेजी आन्दोलनका कारण २०८४ सालमा हुनुपर्ने चुनाब २०८२ फागुन २१ गते हुन थालेको भन्दै उनीहरुले यो चुनाव ध्वँस वा हिंसा रोज्ने कि बिकास वा शान्ति रोज्ने भन्ने बीचको चुनाव भएको बक्ताहरुले बताए ।
काँग्रेसको रुख चनुाव चिन्हमा मतदान गरेको मुलुकको संधिवान जोगिने शान्ति , स्थायित्व र बिकास अगाडि बढ्ने उनीहरुको भनाई थियो ।
काँग्रेस दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले आँफु निर्वाचित भए दंगीशरणको फुर्केसल्ली र बबई गाउँपालिका गंगटे, मलइ लगाएतका बाँके राष्ट्रिय निकुञ्ज बाट पीडित मध्यबर्ती क्षेत्रका बासिन्दालाई पुर्नंबासका लागि पहिलो प्रयास थाल्ने बताए । वन्य जन्तुबाट सर्वसाधारणलाई सुरक्षित राख्न मध्यबर्ती क्षेत्रका स्थानीयलाई स्थान्तरण गर्न आँफुले पहल गर्ने उम्मेदवार गिरीले बताए ।
पश्चिम दाङमा सडक, पुल, बिद्युतिकरण गर्ने जस्ता महत्वपूर्ण बिकासका कार्यहरु आँफुले बिगतमा गरेको स्मरण गर्दै उम्मेदवार गिरीले आँफुले थालेका अधुरा कामहरु पुरा गर्नका लागि फेरि एक पटक आँफुलाई निर्वाचित गराउन आग्रह गरेका थिए ।
गुरुयोजना निर्माण गरि हापुरेलाई एउटा सुन्दर र ब्यबस्थित बजार बनाउन भूमिका खेल्ने भन्दै उनले अधुरा रहेका पुल निर्माण, पश्चिममा फराकिला र चिल्ला बाट निर्माणमा भूमिका खेल्ने बताएका थिए ।
किसानलाई अत्याधुनिक औजार उपलब्ध गराइ आधुनिक खेतीमा जोड दिने र उत्पादिन बस्तु बिक्र्रीका लागि बजारीकरण गरिने उम्मेदवार गिरीले बताए ।
बिगतमा कर्णाली भनेर चिनिने पश्चिम दाङको बिकासका लागि बिगतमा धेरै कार्यहरु गरेको भएपनि पश्चिम दाङको मुहार फेर्ने इच्छा भन्दै उम्मेदवार गिरीले आँफु अन्तिम पटक निर्वाचन लड्न थालेको हुँदा यतिखेर निर्वाचित गराउन आग्रह गरे ।
उनले भ्रम छर्ने र झुक्याउनेहरुको जगजगी रहेको भन्दै निधक्क रुखमा मतदान गरि शान्ति र लोकतन्त्रको प्रतिक चार तारे झन्डा फराउन आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथि पूर्व माननीय गेहेन्द्र गिरीले अहिलेको निर्वाचन शान्ति रोज्ने कि बिद्रोह ? भन्ने अभिमत भएको हुँदा काँग्रेसको रुख चुनाब चिन्हमा मतदान गरि मुलकका धरोहरहरुमा आगो झोस्नेहरुलाई परास्त गर्न आग्रह गरे ।
काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले बिगतका गल्तीहरु सच्याउने गरि काँग्रेस अगाडि बढेको हुँदा रुखमा मतदान गरि दीपक गिरी जत्तिको बिकास प्रेमी, परिपक्व र अनुभवी नेतालाई बिजय गराउन आग्रह गरे ।
काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले बिगतमा स्वर्गिय नेता खुमबहादुर खड्काले पश्चिम दाङमा कोरेका बिकासका रेखाहरुलाई अहिलेको समयनाकुल बिकास गर्न काँग्रेसको बिकल्प नरहेको हूँदा रुखमा मतदान गर्न आग्रह गरे ।

जेनजी आन्दोलनले समाजलाई बिध्वं दिएको भन्दै सभापति डाँगीले आफ्ना सन्तान, समाज र देशलाई शान्तिको मार्गमा लैजान काँग्रेसले जित्न जरुरी रहेको बताए ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले काँग्रेस उम्मेदवार दीपक गिरीले जिते मात्रै पश्चिम दाङको बिकासले गति लिने र मुहार फेरिने बताए ।
‘दुई बर्ष कार्यकाल छँदै छोडेर गएकाहरुले काँग्रेसले गरेको बिकासलाई मैले गरेको हुँ भनेर भ्रम छरिरहेका छन्,’ चौधरीले भने ‘ तपाँइ न झुक्किनु होला म मुख्य मन्त्री छँदा मेरो अनुमति बिना यहाँ बजेट पर्छ र बिकास अरुले गरे भनेर भ्रम छर्नेहरु संग सजग रहनुहोला ।’
चुनाबी सभालाई काँग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, समानुपातिक उम्मेदवार देबिका नेपाली, महाधिवेशन प्रतिनिधिहरु सुष्मा गिरी, बिमल रिजाल, टीका घर्ती, तुलसीपुर नगरसभापति सुरेश हमाल, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री लगाएतले हरेक एक मतको महत्व रहने हुँदा काँग्रेसको रुख चुनाब चिन्हमा मतदान गरि बिजयी बनाउन आग्रह गरेका थिए ।
काँग्रेस बबई गाउँपालिकाका सभापति प्रकाश बस्नेतको अध्यक्षतमा भएको पालिका स्तरिय चुनाबी सभा बबई काँग्रेसका उपसभापति जितबहादुर खत्रीको स्वागत मनतब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण बबई सचिव गणेश केसीले गरेका थिए ।
सभा सुरु हुनु पूर्व ठूलो संख्यामा काँग्रेस कार्यकर्ता र्यालीसहित हापुरे बजार परिकर्मा गरेका थिए ।


