२०८३ भाद्र १० गते बुधवार

कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्नेहरु संग सजग बनौं – बिष्णुबहादुर खड्का

सुर्खेत, फागुन १४ । नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति एवमं सुर्खेत १ बाट कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले कर्णालीमा पार्टी एक ढिक्का रहेको बताएका छन् ।

कांग्रेसले बिहीबार सुर्खेतमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार खड्काले कर्णालीका १० वटै निर्वाचन क्षेत्रमा कांग्रेसप्रति जनलहर आएको बताए ।

अन्य राजनीतिक दलले कांग्रेस विभाजित भएको गलत भाष्य बनाएर जनतामा भ्रम छर्ने काम गरेपनि त्यसबाट भ्रमित नहुने आग्रह गरे ।

खड्काले भने ‘हाम्रो पार्टी अहिले एक ढिका भएर चुनावमा होमिएको छ । कुनै समस्या छैन । बाहिर आएको हल्ला हामीलाई कमजोर बनाउने षडेन्त्र मात्रै हो । यसको पछाडि नलागी रूख चिन्हमा भोट हालेर कांग्रेसलाई विजय गराऔँ ।’

उनले आफू सुर्खेत – १ को उम्मेदवार रहेपनि त्यस क्षेत्रबाट कांगेसबाट चुनावी प्रतिष्पर्धामा रहेका सबैलाई बिजयी बनाउन आफ्नो तर्फबाट काम गर्ने बताए ।

विगत २९ वर्षदेखि यातायात व्यवसायीको रूपमा सुर्खेतमा सेवा गर्दै आएका खड्काले कर्णाली प्रदेशका सबै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस बिजयी बनाउन मतदातालाई आग्रह गरे ।
उम्मेदवार खड्का कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइ हुन ।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *