२०८२ मङ्सिर २४ गते बुधवार

बौरिदै राप्ती बबई क्याम्पस, हाल ७० लाख बचत

 

राजेश खत्री,
दाङ, साउन ३ । गत वर्षसम्म प्राध्यापकहरुलाई तलव खुवाउन समेत मुस्लिक पर्ने राप्ती बबई क्याम्पसले आर्थिक रुपमा सवल बन्दै गएको जानकारी दिएको छ । शुक्रवार क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष विनिल केसीले हाल क्याम्पसले ७० लाख बचन गर्न सफल भएको जानकारी दिए । त्यसमध्ये तत्काल ४४ लाख रुपैंया क्याम्पसले चलाउन मिल्ने पूँजी रहेको पनि कोषाध्यक्ष केसीले बताए ।

‘क्याम्पसको आर्थिक स्थित सुधारोउन्मुख छ । क्याम्पस प्रतिको नकारात्मक धारणाहरु हाल समाप्त हुँदै गएका छन्,’कोषाध्यक्ष केसीले थपे ‘कुनैदिन घाटामा चलेको क्याम्पसको अवस्थामा सुधार आउनु निकै सुखद पक्ष हो ।’ क्याम्पसको अवस्थामा सुधार हुनुको मुख्य कारण भने कोषाध्यक्ष केसीले विद्यार्थीको आकर्षण बढ्नुलाई नै माने । ‘मास्टर लेवलको पढाईले पनि क्याम्पसको राम्रो ईमेज बन्दै गएको छ । परिक्षाहरु सेमस्टर प्रर्णालीमा सञ्चालन भएपछि थप आकर्षण बढेको छ,’ कोषाध्यक्ष केसीले भने । क्याम्पसको इमेज राम्रो बन्दै जान थालेको तथा राप्ती बबई क्याम्पस सबै तहका विद्यार्थीको लागि आकर्षणको केन्द्र बन्दै गएको केसीले बताए । क्याम्पसले आर्थिक बर्ष २०७४÷७५ मा क्याम्पसमा विद्यार्थी भर्ना र मासिक शुल्क समेत गरेर २ करोड २९ लाख २३ हजहार १९ रुपैंया आम्दानी गरेकोमा आर्थिक वर्ष २०७५÷०७६ मा ३ करोड १५ लाख ८५ हजार ८ सय ६५ रुपैंया आम्दानी गरेको केसीले जानकारी दिए ।

‘हामीले यो बीचमा यसअघि हुने गरेका अफबाफहरु चिर्ण सफल भएका छौं । साना तिना कुरमा हुने राजनीतिक दाउपेचलाई मथ्थर गर्ने प्रयास गरेको हुँदा क्याम्पसमा शैक्षिक माहोल सृजना भएको छ,’ कोषाध्यक्ष केसीले भने । त्यसमा क्याम्पस व्यवस्थापन समितिका साथै प्राध्यापकहरुको सबै भन्दा ठूलो प्रयास रहेको उनले बताए । अघिल्लो बर्ष साढे १४ लाख बढी घाटामा चलेको क्याम्पस हाल ७० लाख बचत गर्नु सबैको साझा मेहनतको परिनाम रहेको कोषाध्यक्ष केसीले अथ्र्याए ।

केसीले आफुहरु नयाँ कार्यसमितिको रुपमा आएपछि पहिलो प्राथमिकता भौतिक पूर्वाधार निर्माण र त्यसपछि पठन पाठनको गणस्तर बृद्धिमा लागेको जानकारी दिए । हालसालै क्याम्पसमा झन्डै १९ लाखमा अपाङ्ग मैत्री सौचालय निर्माण गर्नुका साथै तीन वटा कक्षा कोठामा प्रोजेक्टर सहितको स्मार्ट कक्षा कोठा निर्माणको प्रयास गरिएको, मानविकी संकायमा कम्प्युटर शिक्षा सुरु गरिएको जस्ता उदाहरण केसीले प्रस्तुत गरे । आगामी बर्षमा महिला छात्रा बासको समेत अवधारणाअघि सारेको बताएका केसीले डेढ करोडको लागतमा हल निर्माण, क्यान्टिन व्यवस्थापन, थप प्रोजेक्टर कक्षा सञ्चालन, फर्निचरमा खर्चगर्ने योजना सुनाए ।

त्यस्तै केसीले क्याम्पसले भोक चलन गर्दै आएको जग्गाको स्वामित्व मातहतमा ल्याउन प्रयास गरिने बताए । हाल क्याम्पसको नाममा जम्मा २ कठ्ठा जग्गा मात्रै आफ्नो नाममा छ । अरु जम्मै जग्गा महेन्द्र माविको हो । उसले क्याम्पस सञ्चालनको लागि आफ्नो जग्गा प्रयोग गर्न दिदै आएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिनराज वली,क्याम्पस प्रमुख युवराज रावत, सहायक क्याम्पस प्रमुखहरु सूर्य शर्मा, भूपबहादुर बुढाथोकी लगाएतले क्याम्पसको सुधार हुँदै गएको अवस्थाले सबैमा उर्जा थपेको बताएका थिए ।

प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *