२०८३ मङ्सिर ६ गते शनिवार

तीजको तीन दिन अगाडी मात्र नाँचगाँन गर्न पाईने

फाइल तस्बिर

दाङ, असार २ । हरितालिका तीजको तीन दीन अगाडी मात्र घोराही उप– महानगरपालिका वडा नं. १४ मा नाँचगाँन गर्न पाईने भएको छ । तीजको नाँचगान गर्ने वाहानामा विभिन्न आपराधिक गतिविधी हुने भन्दै त्यसलाई रोक्न स्थानीय आमा समुहले यस्तो निर्णय गरेका हुन ।

वडा स्तरिय आमा समुहको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । घोराही उप–महानगरपालिका वडा नं.१४ मा रहेका ३५ वटा टोल विकास संस्थामा आबद्ध आमा समहुले तीजको नाममा हुने विकृत रोक्न यस्तो निर्णय गरेको वडा स्तरिय आमा समुहका अध्यक्ष देवा सेनले जानकारी दिए । पछिल्लो समय तीजको नाममा एक महिना अगाडी देखि नै नाँचगाँन सुरु हुने त्यसमा झै झगडा पर्दा मानवीय क्षति समेत हुने भएकाले त्यसलाई रोक्न आफुहरु लागेको सेनको भनाई छ ।

वडा नं.१४ का कुनै टोलमा नाँचगाँन गरी हो हल्ला गरेको पाईए धनी र सम्बन्धि व्यक्तीलाई कारवाही हुने जानकारी दिए । त्यसका लागि स्थानीय जनप्रतिनिधी प्रहरी, प्रशासन राजनितिक दल पत्रकार, नागरिक समाज सवैलाई सहयोग गर्न आमा समुहले आग्रह गरेको छ । गाउँ–गाउँमा तीज सुरु नहुदै नाँचगान सुरु भैसकेको भन्दै त्यसलाई रोक्न सबै लाग्नु पर्ने वताउँनुभयो । बैठक वडा स्तरिय आमा समुहका अध्यक्ष देवा सेनको अध्यक्षतामा बसेको थियो ।

प्रकाशित मिति : २०७६ साउन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *