२०८२ माघ २३ गते शुक्रवार

सुन तोलामा ३७०० ले बढ्यो


दाङ, माघ २० । मंगलबार सुन तोलामा तीन हजार सात सय रुपैयाँ बढेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन हजार सात सय रूपैयाँ बढी हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँमा कारोबार भइ रहेको छ ।


सोमबार सुन प्रतितोला दुई लाख ८६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। गत शुक्रबारदेखि निरन्तर घट्दै आएको सुन मंगलबार तीन हजार सात सय रुपैंयाले बढेको हो ।
मंगलबार चाँदीको मूल्य पनि एक सय ३५ रुपैयाँले बढेको छ।


सोमबार तोलामा पाँच हजार दुई रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *