तुलसीपुर, माघ १८ ।फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन आउन अब ३२ दिन मात्रै बाँकी छ ।
दाङको क्षेत्र नं. ३ मा पनि बिभिन्न दलका उम्मेदवारहरु घर दैलोमा ब्यस्त छन् ।
अहिलेको चुनावमा दाङ–३ मा दलका १५ र स्वतन्त्र ८ गरी २३ जना उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेसले दीपक गिरीलाई उम्मेदवार बनाएको छ। गिरीलाई काँग्रेसले चौथो पटक टिकट दिएको छ ।
नेकपा एमालेबाट घनश्याम पाण्डे, नेपाली कम्युनिस्ट पार्टीबाट धनबहादुर मास्की, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, राप्रपाबाट दामोदर भण्डारी, जसपा नेपालबाट शोभा डाँगी, जनमोर्चाबाट कमला जिसी, नेकपा (माआबोदी) बाट बलबहादुर वली (सितल) लगायतका उम्मेदवार मैदानमा छन् ।
८ जनाले स्वतन्त्र उम्मेदवार छन् ।
२०७९ मा पार्टीलाई प्राप्त मत अर्थात समानुपातिक तर्फ प्राप्त परिनामको मात्रै हिसाव किताब गर्दा यो पटक पनि फेरि पुरानै दलहरुका बीचमा प्रतिष्पर्धा हुन सक्ने आँकलन भइ रहेको छ । किनकी, समानुपातिक मतलाई पार्टीको खास सामथ्र्य अर्थात आफ्नै मत मान्ने गरिन्छ ।
गत निर्वाचनलाई फर्केर हेर्दा २०७९ मा दाङ क्षेत्र नं. ३ मा सबै भन्दा बढी मत नेपाली काँग्रेसले पाएको छ । काँग्रेसको लगभग समान मत नेकपा (एमाले)ले पाएको छ ।
लगभग ११ हजार बढी कम मत राष्ट्रिय स्वतन्त्र पार्टी र त्यो भन्दापनि कम मत तत्कालिन नेकपा (माओबादी केन्द्र)ले पाएको छ । अघिल्लो चुनाबमा भाग लिएका दश राजनीतिक दलले प्राप्त गरेको समानुपातिक मत यस्तो थियो ।
१ –काँग्रेस –२६५७५
२ –एमाले – २६११७
३ –राश्वपा – १५४१०
४–माओबादी –१०१२६
५ –राप्रपा –२७०८
६–नाउपा –९४३
७–नेकपा (समाजबादी)– ६९१
८–मंगाले नेसनल अर्गनाइजेसन –४८९
९–राजमो – ३८८
१० – नेकपा (माले) – २८७
२०७९ मा नेपाली काँग्रेस, तत्कालिन नेकपा (माओबादी केन्द्र) र नेकपा (एकीकृत समाजबादी)का बीचमा चुनाबी गठबन्धन थियो । अहिले सबै राजनीतिक दलहरु एक्ला एक्लै मैदानमा उत्रिएका छन् ।
यो पटक सबै दलका नेता कार्यकर्ताले आफ्नो आस्था अनुसार आँफुलाई मन पर्ने पार्टीमा मतदान गर्न पाउने अवशर छ । गठबन्धन हुँदा रिसाएका कतिपय मतदाताले बिद्रोह गर्दै नयाँ पार्टीमा मतदान गरेको अवस्थापनि थियो ।
त्यसैले २०७९ को जस्तै यो पटक समानुपातिकमा पनि उस्तै पिक्चर नबन्न सक्छ । यो पटक दलहरु एक्ला –एक्ला एक्लै भिड्न थालेको हूँदा फरक परिस्थिति निर्माण भएको छ । कुन दलको कस्तो हैसियत हो ? त्यो स्पष्ट भन्न सजिलो छैन ।
दाङको निर्वाचन क्षेत्र नं. ३ मा २०७९ सालको निर्वाचनमा कुल मतदाता –१४६४७५ जना थिए । खसेको कुल मत ९०१५० थियो । सदर मत –८५४७८ थियो । ४६७२ मत बदर भएको थियो ।
दाङ क्षेत्र नं. ३ मा २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि कुल मतदाता – १५०७२० छन् । यो पटक थपिएका नयाँ मतदाता – ४,२४५ मात्रै हो । यो पटक मत कति खस्छ । कति मत बदर हुन्छ । त्यो भन्न सहज छैन ।
२०७९ मा बिभिन्न दलका उम्मेदवारले दाङ– ३ मा प्रत्यक्ष तर्फ प्राप्त मत परिनामलाई मात्रै आधार मानेर विश्लेन गर्ने हो भने पुराना दलहरु नै फेरि हावी हुने अनुमान लगाउन सकिन्छ । २०७९ को प्रत्यक्ष तर्फ बढी मत प्राप्त गरेका तीन जना उम्मेदवारको परिनाम हेरौं –
१– दीपक गिरी –नेपाली कांग्रेस – ३६,८८२ निर्वाचित
२–कोमल वली –नेकपा (एमाले) — २९,०३२
३–कमल सुबेदी –राष्ट्रि स्वतन्त्र पार्टी — १५,३००
२०७९ को निर्वाचनमा काँग्रेस, तत्कालिन नेकपा ( माओबादी केन्द्र), नेकपा (एकीकृत समाजबादी) लगाएतका दलहरुका बीचमा चुनाबी गठबन्धन भएको थियो ।
त्यो बेला काँग्रेसका दीपक गिरीले ३६,८८२ मत प्राप्त गरि निर्वाचित हुँदा एमालेकी कोमल वलीले २९०३२ मत प्राप्त गरेकी थिइन । काँग्रेसका गिरीले एमालेकी वलीलाई ७८१० मतान्तरले पराजित गरेका थिए ।
गठबन्धनकै उम्मेदवार तत्कालिन माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्कीले प्रदेश सभा ३ (२) बाट २२,३२१ मत प्राप्त गरि निर्वाचितन भएका थिए ।
एमालेका हुकुमबहादुर बस्नेतले २०१५८ मत प्राप्त गरेका थिए । मास्की र बस्नेत बीचको मतान्तर २१६१ थियो । यो निर्वाचन क्षेत्र ३ (२) मा कुल ७९९८९ जना मतदाता थिए । ४९९५० मत खसेको थियो ।
अहिले मास्की स्वएंम नेपाली कम्युनिष्ट पार्टी बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । एमाले बाट दाङको क्षेत्र नं. ३ (१) मा पराजित घनश्याम पाण्डे उम्मेदवार छन् ।
पाण्डे लुम्बिनीका पूर्व मुख्यमन्त्री काँग्रेसका डिल्लीबहादुर चौधरी संग पराजित भएका थिए । काँग्रेसका चौधरीले १९८५० मत प्राप्त गर्दा एमालेका पाण्डेले १४४५० मत प्राप्त गरेका थिए । चौधरी ५४०० मत बढी प्राप्त गरि निर्वाचित भएका थिए ।
दाङ क्षेत्र नं. ३ मा तुलसीपुरका १ देखि १५ वडा पर्छन । तुलसीपुरमा मेयर/ उपमेयर एमालेले जितेको छ । पश्चिम दाङका दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका भने प्रमुख / उपप्रमुख काँग्रेसले जितेको छ । तत्कालिन माओबादीले एउटा पालिकापनि जितेको छैन ।
यो क्षेत्रमा कुल ३६ वटा वडा छन् । गत स्थानीय तह निर्वाचनमा ३६ वटामध्ये १९ वटा वडा एमालेले जितेको छ। कांग्रेसले १४ र तत्कालीन माओवादी केन्द्रले ३ वटा वडा जितेको थियो ।
२०७९ का राश्वपा उम्मेदवार कमल सुबेदी फेरि पनि दाङ क्षेत्र नं. ३ मै उम्मेदवार छन् ।
यहाँ मनन योग्य तथ्य कुरा के छ भने २०७९ मंसिरमा संसदीय निर्वाचन हुँदा राश्वपा पार्टी गठन भएको जम्मा ६ महिना जति मात्रै भएको थियो ।
उस्ले प्राप्त गरेको नतिजा धेरै अन्य पुराना दलहरुका लागि अनपेक्षित थियो । यतिखेर झनै काठमाडौं महानगरमा स्वतन्त्र बाट निर्वाचित बालेन्द्र शाह (बालेन)लगाएत राश्वपा पार्टीमा प्रबेश गरेको हुँदा बिषेश गरि युवा पंक्ति आकर्षित देखिन्छन् ।
त्यस्तै अहिले काँग्रेसमा पनि गगन थापाले नेतृत्व आएपछि एक प्रकारको लहर छाएको छ । काँग्रेस एक ढिक्का भएको सन्देश प्रवाह भएको छ । एमालेमा पनि त्यत्तिकै जुझारु पन देखिएको छ । नेकपाका उम्मेदवारमापनि उत्तिकै उत्साह छ ।
यो पटक कसैका बीचमा गठबन्धन नहुँदा अर्थात काँग्रेस, एमाले, नेकपा र राश्वपाको मत बिभाजन हुँदा नतिजा कस्तो आउला भन्न सहज छैन ? दलहरुले आफ्ना मत कति जोगाउन सक्लान ? त्यस बारे अनुमान लगाउन सहज भइ सकेको अवस्था होइन ।
यो बर्ष हिउँदको पहिलो बर्षा माघ दोस्रो सातामा मात्रै भयो । त्यसयता राम्रो संग आँकाश खुलेको छैन । भिजीबिलीटी किलियर छैन ।
मतलब पिक्चर किलियर भइ सकेको अवस्था हैन । यो समाचार तयार पार्दै गर्दा दाङ क्षेत्र ३ को अबस्था ठिक त्यस्तै छ । फागुन २१ को निर्वाचनमा कस्को पल्ला भारी होला ? कस्को पक्षमा कस्तो परिनाम आउला ? त्यो स्पष्ट भन्न सजिलो भइ सकेको छैन ।
२०७९ यताका बितेका तीन ३ बर्षको अवधिमा बबई र यहाँका खहरे खोलाहरुमा धेरै पानी बगि सकेको छ । खोला तथा नदीहरु बाट थुप्रै बालुवा, गिट्टी र ढुँगा माटो निकासी पैठारी भइ सकेको छ । त्यस्तै यो बीचमा मतदाताका मनहरुमा कस्को पक्षमा कस्तो छाप परेको छ ? मत सोही अनुरुप खस्ने हो ।
सोझै भन्नु पर्दा खासमा जेनजी आन्दोलन पछि एकाएक उत्पन्न बिषम परिस्थितिका कारण संसद बिघटन भएको थियो । अन्यथा २०८४ सालमा निर्वाचन हुने थियो । त्यो निर्वाचन सरेर २०८२ फागुन २१ मा हुन थालेको परिस्थिति छ ।
जेनजी आन्दोलन पछिको अवस्थालाई आम मतदाताले कसरी लिएका छन् ? कुन रुपमा बुझेका छन् ? मत त्यही अनुरुप खस्न सक्ने पूर्व आँकलन गर्न थालिएको छ ।