दाङ, माघ १९ । नेपाली बजारमा लगातार तीन दिनको अवधिमा सुनको भाउ तोलामा ५२ हजार सात सय रूपैयाँ घटेको छ ।
तीन लाख ४० हजार हाराहारीमा पुगेको सुन सोमबारसम्म लगातार घटेर प्रतितोला २ लाख ८६ हजार ६०० रूपैयाँमा कारोबार भइ रहेको छ ।
गत शुक्रबारदेखि घट्न थालेको सुनको मूल्य सोमबार सम्म पनि निरन्तरता घट्दै गएको छ ।
शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ, आइतबार १८ हजार आठ सय र सोमबार १३ हजार चार सय रूपैयाँ घटेको छ । तीन दिनको अवधिमा सुनको भाउ तोलामै ५२ हजार सात सय रूपैयाँ घटेको हो ।
सोमबार चाँदीको मूल्यपनि घटेको छ । सोमबार ५ हजार २ सय रूपैयाँमा चाँदी कारोबार भइरहेको छ।
आइतबार तोलामा ५ हजार ५ सय रूपैयाँमा कारोबार भएको
थियो ।
प्रकाशित मिति : २०८२ माघ १९ गते सोमवार