२०८२ माघ २३ गते शुक्रवार

सल्यानमा पनि प्रलोपासहित २ जनाको उम्मेदवारी फिर्ता

दाङ, माघ ९ । सल्यानमा दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रगतिशील लोकतान्त्तिक पार्टी बाट गत मंगलबार उम्मेदवारी दर्ता गराएका सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिंगे कामीले शुक्रबार आफ्नो उमेदवारी फिर्ता लिएका हुन ।


राईले नेकपा (एमाले)का उम्मेदवार गुलाबजंग शाहलाई सघाउन उम्मेदवारी फिर्ता लिएको बिज्ञप्ति मार्फत जानकारी दिएका छन् । कामीले भने केही खुलाएका छैनन् ।

सल्यानमा २ जनाले उम्मेदवारी फिर्ता लिए संगै अब १४ जनाका बीचमा प्रतिष्पर्धा हुने निश्चित भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार सल्यानमा २ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको थियो ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *