दाङ, माघ ९ । गोरखा –२ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।
भट्टराइले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । पूर्व प्रधानमन्त्री भट्टराइले राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रहमा उम्मेदवारी फिर्ता लिएका हुन ।
गोरखा – २ मा रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।
डा. भट्टराइले फेसबुक लाइभ मार्फत आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेका थिए ।
लाइभमा उनले गोरखा– २ का आम जनता, नयाँ पुराना सबै राजनीतिक दलहरुको आग्रहमा उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेको बताएका थिए ।
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार