२०८३ साउन २४ गते आइतवार

बैतडीमा जीप दुर्घटना , ३ जनाको घटनास्थलमै मृत्यु

दाङ, पुस २८ । बैतडीमा जीप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि डडेलधुराको अलिताल गाउँपालिका – ३ का अन्दाजी १३ बर्षीय राकेश रावत, सिगासे गाउँपालिका – १ का अन्दाजी २४ निशान्त बोहरा र सोही वडाका २९ बर्षीय भानदेब भट्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार राईले बताए ।

यो खबर तयार पार्दासम्म दुर्घटनाका घाइते मध्य तीन जनालाई मात्रै जिल्ला अस्पताल डडेलधुरामा पुर्‍याइएको छ ।
चालकपनि घाइते भएको हुँदा जीपमा कति जना सवार थिए भन्ने एकीन भइ सकेको छैन ।

जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा मोतीनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ सडक बाट अन्दाजी साढे दुई सयदेखि तीन सय मिटर तल खसेको प्रहरीले अनुमान गरेको छ ।


जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले सोमबार बिहान साढे १० बजेतिर भएको बोलेरो जीप दुर्घटनाका घाइते मध्य मध्यान्ह १२ बजेसम्म तीन जना घाइतेलाई डडेलधुरा अस्पताल पुर्‍याइ सकिएको र अन्य घाइतेलाई पनि अस्पताल तर्पm पठाउँदै गरिएको बताए ।


जिपमा कति जना सवार थिए भन्ने बारे अनुसन्धान भइ रहेको छ । घटना बारे बृस्तित बिवरण केही बेरमा प्राप्त हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *