२०८३ भाद्र १३ गते शनिवार

भि सी टि एस सिस्टम फिर्ता लिन उवासंघको माग

दाङ, असार ३१। दाङ जिल्ला उद्योग वाणिज्य संघले सरकारले यही साउन १ गते देखि लागु गर्ने थालेको भि सी टि एस प्रति ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश काकीले मंगलवार एक विज्ञप्ती जारी गरि ध्यानाकर्षण भएको जनाएका हुन ।

विज्ञप्तीमा मन्त्रि परिषद्को कार्यालय वाट राजश्व चुहावट नियन्त्रणको नाममा निजी क्षेत्रको समन्यव विना लागु गर्ने खोजिएको भन्दै यथास्रिघ्र खारेज गर्ने माग गरिएको छ । निजी क्षेत्रको समन्वय विना लागु पर्ने थालिएको यसको कार्य व्यवसायि अनुकुल नभएको जनाएको छ ।

भि सी टि एसले देशभरिका आयात निर्यात कर्ता भन्सार एजेन्ट, ढुवानी व्यवसाय, उद्योग, वितरक, थोक विक्रेता लगाएतका सम्पुर्ण लाइ प्रत्यक्ष मार पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । सरकारले २०७६ साल असार २३ गते सुचना प्रकाशित गरी साउन १ ले वाट भि सी टि एस लागु गर्ने थालेको छ ।

प्रकाशित मिति : २०७६ असार ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *