२०८२ माघ ३ गते शनिवार

जनार्दन पहिला जिल्ला पुग्दा स्वागत गर्नेहरुले नै देखाए ‘कालो झन्डा’

दाङ, मंसिर २१ । ‘प्रगतिशील राष्ट्रिय अभियान’ नामक पार्टी गठन पछि पहिलो पटक गृह जिल्ला रुकुम पश्चिममा पुगेका पूर्व अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर)लाई उनकै पूर्व कार्यकर्ताहरुले ‘कालो झन्डा’ देखाएका छन् ।

एकीकृत समाजवादीसहित बिभिन्न घटकसँग एकता गर्ने निर्णय पछि जनार्दनले असन्तुष्टि जनाउँदै साबिकको नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग छुट्टीएर नयाँ पार्टी गठन गरे पछि आइतबार हवाइ जहाज मार्फत पहिलो पटक गृह जिल्ला पुगेका थिए ।

बिहान १० बजेतिर सल्लेस्थित विमानस्थलमा ओर्लिनासाथ तत्कालिन नेकपा माओबादी केन्द्रका आठबिसकोट नगरपालिका कमिटीका पूर्व अध्यक्ष मानबहादुर चदारा नेतृत्वको टोलीले जनार्दनलाई कालो झन्डा देखाएका हुन ।

कालो झन्डा देखाउँदै करिब २० जनाको संख्यामा पुगेका नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले जनार्दनका बिरुद्ध नाराबाजीपनि गरेका थिए ।

‘जनाता र शहिदलाई धोका दिने जनार्दन मुर्दाबाट’, ‘नेपाली कम्युनिष्ट पार्टी जिन्दाबाद’, दक्षिण पन्थी भ्रष्टचारबादी मुर्दाबाद’, दक्षिण पन्थी अवशरबादी मुर्दाबाद’ भन्ने जस्ता नाराहरु लगाएका थिए ।

झन्डै तीन दशक लामो प्रचण्ड र माओबादी संगको सम्बन्ध तोड्नु भन्दा अघिसम्म यिनै कार्यकर्ता जनार्दन गृह जिल्ला आउँदा जय जयकार गर्दै हातमा पुष्प गुच्छा लिएर स्वागत गर्न पुग्ने गर्थे । यो पटक भने जनार्दनले आफ्नै पूर्व कार्यकर्ता बाट बिरोध खेप्नु परेको छ । ‘जनार्दन ‘जनयुद्ध’देखि जति पटक मन्त्री हुनु भयो जिल्ला बासीका लागि एउटा आदर्श जस्तै नेता हुनुहुन्थ्यो,’ एक नेताले भने ‘ तर, आज उहाँलाई आज जिल्ला आउँदै पहिले स्वागत गर्नेहरु आज आँफै कालो झन्डा देखाउँदै बिरोधमा उत्रनु पर्ने अवस्था दुःखद हो ।’ ती नेताका अनुसार हालसम्म जिल्लामा बिकास निर्माणदेखि हरेक परिवर्तनका कुरा जनार्दनकै प्रयासका कारण संभव भएको भएपनि पछिल्लो समय प्रचण्डको साथ र नेपाली कम्युष्ट पार्टी भन्दा अलग पार्टी गठन गरेको प्रति अधिकाँस पूर्व माओबादी उनी प्रति रुष्ट बनेका छन् ।

यो बिषयमा नेता जनार्दन संग प्रक्रिया लिने प्रयास सफल हुन सकेन ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *