
तस्विर सौजन्य – देवेन्द्र केसी ।
दाङ,असार २९ । रोटरी क्लब अफ तुलसीपुर सिटीको सन २०१९-०२० को लागि अध्यक्षमा तुलसीपुरका उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष देबबहादुर केसी चयन भएका छन् । केसी सहित सबै नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरिएका हुन । त्यसैगरी उपाध्यक्षमा तुलसीपुर उद्योग बाणिज्य संघका सचिव विनिल केसी, संघका सल्लाहाकार यज्ञबहादुर केसी, तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर यवन योगी, व्यवसायी शिव श्रेष्ठमा चयन गरिएका छन् ।
त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहाकार तथा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमाललाई वर्ष सन २०२० – ०२१ को लागि भावि अध्यक्ष घोषणा गरिएको छ । शनिवार तुलसीपुरमा भएको रोटरी क्लब अफ तुलसीपुर सिटीको भेलाले क्लवको महासचिवमा युवा व्यवसायीहरु सन्दिपन रिजाल, कोषाध्यक्षमा देवेन्द्र केसीलाई चयन गरेको छ ।
अन्य केही व्यक्तिहरु पनि पदाधिकारीका चयन गरिएका छन् । कोषाध्यक्ष केसीले क्लवले युवाहरुको बीचमा हातेमालो गर्दै समाजिक कार्य गर्दै आएको बताए । यसले युवाहरुमा सामाजिक भावनाको विकास गर्नुको साथै व्यक्तित्व विकासमा समेत भूमिका खेल्दै आएको कोषाध्यक्ष केसीले जानकारी दिए । यसअघि क्लवका अध्यक्ष राजेन्द्रप्रशाद श्रेष्ठ थिए ।
त्यस्तै रोट्रयाक्ट क्लब अफ तुलसीपुरमा बर्ष सन २०१९ – ०२० का लागि अध्यक्षमा ब्यबसायी नबिन राई चयन गरिएका छन् । नयाँ निर्वाचित सबै पदाधिकारीहरुले शनिवार सफतपनि लिएका छन् । कार्यक्रम कुशल तर्तालको प्रमुख आतित्थ्यतामा भएको रोटरी क्लब अफ तुलसीपुर सिटीका कोषाध्यक्ष देवेन्द्र केसीले जानकारी दिए ।
